अन्तरक्रिया सम्पन्नः

Date: 18 Aug 2018 | Source: NRNA
अन्तरक्रिया सम्पन्नः
 
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा १८ अगष्ट २०१८ दिन एनसिसि हङ्कङ्गद्वारा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा हङकङ, चीन र मकाउका पदाधिकारी तथा एनएका सदस्यहरू वीच आफ्ना मुलुकले गरेका गतिविधिहरु बारे एक आपसमा जानकारी गराएका थिए ।
यसका साथै सो कार्यक्रममा हाल सालै नेपाल सरकारले संसदमा दर्ता गरेको प्रस्तावित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक माथि प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।
 
कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भएकोमा एनसिसि हङकङ्गका अध्यक्ष लगायत सम्पूर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्नु भयो । सो कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय समन्वय परिसदका गतिविधिहरुका प्रस्तावित गैरआवासी नेपाली नागरिकता सम्बन्धमा संघले गरेका पहलहरु बारे जानकारी गराउनु भयो । यसका साथै उहाँले यही आउने अक्टोवरमा काठमाण्डौंमा हुन लागि रहेको पहिलो गैरआवासीय नेपाली विज्ञ सम्मेलन र विधान सभाका तयारी बारे जानकारी गराउनु भयो ।
 
यसरी गरी सो कार्यक्रममा सहभागी हुनु भएका प्रतिनिधिहरुले आआफ्ना मुलुकका गतिविधिहरुका साथै अन्य समसामयिक विषय अन्तर्गत आआफ्ना मन्तव्यहरु व्यक्त गर्नु भएको थियो ।