President Corners

  • Home
  • President Corners
  • संघका अध्यक्ष र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM) का नेपाल प्रमुख वीच बैठक

संघका अध्यक्ष र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM) का नेपाल प्रमुख वीच बैठक



आज मिति २०७७ साल फाल्गुण ३ गते तदनुसार १५ फेब्रुअरी २०२१ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तराष्ट्रिय आप्रवासी संगठन (International Organization for Migration) का नेपाल प्रमुख (Chief of Mission) लोरेना ल्याण्डो (Ms. Lorena Lando) का विच बैठक सम्पन्न भयो । बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भयो । विशेष गरेर दुवै संस्थाका विच आगामी दिनहरुमा साझा उद्देश्य र बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको भलाई तथा अन्य सरोकारका क्षेत्रमा रणनैतिक रुपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समेत कुराकानी भयो । उक्त बैठकमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम ब्यवस्थापक राजेन्द्र कुमार राउतको समेत उपस्थिति रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ

मितिः १५ फेब्रुअरी २०२१ ।