President Corners

  • Home
  • President Corners
  • मुख्यमन्त्री भट्ट र एनआरएनए अध्यक्ष थापाबीच भेट

मुख्यमन्त्री भट्ट र एनआरएनए अध्यक्ष थापाबीच भेट



 गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटघाट भएको छ । थापासंगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफु इच्छुक रहेको बताउनु भयो ।

  विहिवार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनएहरु इच्छुक रहेको बताउनु भयो । यसैबीचअध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसंग समेत भेटघाट गर्नु भएको छ । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको  प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशसा गर्नुभयो ।भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।कमैया मुक्त बालवालिकासंग एनआरएनए अध्यक्ष थापाधनगढि । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले कमौया मुक्त बालबालिका  समस्याका बारेमा छलफल गरेका छिन् । थापाले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् । भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताउनु भयो । उहाँले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिनुभयो ।

 विहिवार भएको विद्यालय भ्रमणको क्रममा अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताउनुभयो । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो ।डोटीका भुकम्पबाट पिडितलाई एनआरएनएले ५ लाख सहयोग गर्नेकाठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीमा भुकम्पबाट पिडितलाई   ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् । गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।