President Corners

  • Home
  • President Corners
  • भूतपूर्व गोर्खा सैनिकहरुसंग अन्तर्क्रियाः

भूतपूर्व गोर्खा सैनिकहरुसंग अन्तर्क्रियाः



गैरआवासीय नेपाली संघ Cooperation with Gurkhas कार्यदलका संयोजक चन्द्र गुरुङको संयोजत्वमा वेलायतका भूपू गोर्खाहरुसंग एक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भागलिनु भयो ।
 
यस अवसरमा बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् । उक्त अन्तक्र्रियामा बोल्ने भूपू गोर्खाहरुका अगुवाहरुले नागरिकताको निरन्तरता, सम्पतिको अधिका रलगायतका विषय भूपूगोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
 
कार्यक्रममा लेप्टिनेट कर्णेल एम रानाले भूपू गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरता सम्बन्धमा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताउनु भयो । उहँले गैरआवासीय नेपाली र भूपूगोर्खाको समस्या समान रहेको बताउनु भयो ।कार्यक्रममा भूपूगोर्खा तथा गैरआवासीय नेपाली संघ युकेका निर्वतमान अध्यक्ष योगकुमार फगामीले भूपुगोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताउनु भयो ।
 
भूपुगोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूपूगोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै भूपूगोर्खाहरुले समान पेन्सन पाउनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले संविधानले गैरआवासी नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो । तामाङले देशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड समेत दिनु भयो ।
 
 
कार्यक्रममा संघका अध्य पन्तले यहाँहरुले उठाउनु भएका विषयहरु सान्दर्भिक भएको र यस विषयमा संघले नेपाल सरकारसंग पहल गरिरहेको जानकारी गराउनु भयो । मूलूकको समृद्धिमा संघ सहकार्य गर्न जहिले पनि तत्पर रहेको समेत जानकारी गराउनु भयो ।
 
गैरआवासीय नेपाली संघ Cooperation with Gurkhas कार्यदलका संयोजक चन्द्र गुरुङको संयोजत्वमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्मा, Cooperation With Gurkhas कार्यदलका सदस्यहरु क्रमशः क्याप्टेन बालकृष्ण गुरुङ्ग, कमल गुरुङ्ग, कुष्ण गुरुङ्ग,  गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।