President Corners

  • Home
  • President Corners
  • नयाँ वर्ष २०८० को सुखद् अवसरमा शुभकामना

नयाँ वर्ष २०८० को सुखद् अवसरमा शुभकामना



शुभकामना

नयाँ वर्ष २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुखशान्तिसमृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । गैरआवासीय नेपाली संघको अभियानमा उठेका महत्वपूर्ण मृद्धामा विक्रम सम्मवत २०७९ साल उपलब्धिपूर्ण वर्षको रूपमा लिन सकिन्छ । नेपाल सरकारको समन्वयसहकार्य तथा लगानीसहित नेपालभित्र करिब १० अर्ब बराबरको लगानी कोष भएको ‘एनआरएन नेपाल डेभलपमेण्ट कम्पनी’ दर्ता गरी हाल आवश्यक काम अगाडी बढिरहेको छ । गैरआवासीय नेपालीको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञानअनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन् । संघमार्फत् विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई पनि उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।

वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षितव्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’ को रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि२०७९’ लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ ।

 

संघले स्थापनाकालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरेता पनि संविधानको मूलमर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ ।

 

गत वर्ष नेपाली नागरिकताको निरन्तरतासामाजिक सुरक्षा कोषविदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसरमोबाइल ब्लड बसस्वास्थ्यसम्बन्धी जनजागरण अभियानपर्यटन प्रवर्धन कार्यक्रमपोखरामा स्मार्ट ट्वाइलेटराष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगतिहरु भएका छन् ।

 

गत वर्ष गैरआवासीय नेपाली संघको हितमा बिभिन्न संस्थागत तथा आन्तरिक विषयमा समेत उल्लेखय रुपमा कामहरु भएका छन् । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा हामीले गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचनास्मार्ट एनआरएनएसंस्थागत विकासआर्थिक पारदर्शितालगायतका कार्यको जग स्थापना भइसकेको छ । संघको संशोधित विधानले संघका पुर्नसंरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण शुरुआत गरिएको छ ।

 

गत  वर्षमा संस्थामा भएका उपलब्धिहरुलाई रक्षा गर्दै आगामी दिनमा संस्थाभित्र  बृहत एकता कायम राख्दै अगामी  अक्टोवर महिनामा हुने संघको ११ औं महाधिवेशन तथा विज्ञ सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि सम्पूर्ण तयारीहरु शुरु गर्न सबै राष्ट्रिय समितिहरुलाई अपिल समेत गर्दछौं ।

 

अन्तमास्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा नववर्ष २०८० ले सबै गैरआवासीय नेपाली तथा सम्पूर्ण नेपालीहरुमा खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मिय सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोशउमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 

 

                                                                                               

डा बद्री केसी                     कुल आचार्य               रविना थापा        

कार्यकारी अध्यक्ष                  अध्यक्ष                   अध्यक्ष