President Corners

  • Home
  • President Corners
  • गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार विभाग वीच भेट वार्ता

गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार विभाग वीच भेट वार्ता



गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गएको एक प्रतिनिधि मंडलले वैदेशिक रोगारका महानिर्देशक डा. भीष्म कुमार भुषालसंग भेटवार्ता गरेका छन् । यस वार्तामा मुख्यतया वैदेशिक रोजगारमा गएका र जाने नेपाली कामदारहरुले भोगेका समस्याहरु बारे छलफल भएको थियो ।
 
संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन संघले एक विभाग नै गठन गरेर यस सम्बन्धी गतिविधिहरु संचालन गरिरहेको जानकारी गराउनु भयो । हालै संघले वैदेशिक रोजगारमा गएर दुःख पाएका नेपाली श्रमिकहरुको लागि श्रमिक कोषको स्थापना गरिएको अवगत गराउंदै यस कोषमा विप्रेषणबाट आउने रकमको सानो अंश यस कोषमा समावेश गरिदने बारे नेपाल राष्ट्र बैंक संग कुराकानी भएको र यसमा उहांहरु सकारात्मक भएको पनि जानकारी गराउनु भयो । साथै उहांसंग गएका प्रतिनिधिहरुले श्रम स्विकृती, पुनःश्रमस्वीकृति, घरेलु महिला कामदार, विदेशमा कारागारमा परेका नेपालीहरु र अन्य सरोकारका विषयमा आ–आफ्ना धारणाहरु राख्नु भएको थियो । खास गरी उहांहरुले वैदेशिक रोजगारमा जाने हरुलाई गन्तब्य मुलुकको भाषा, परिवेश, त्यहांको परम्परा र कुन विषयमा काम गर्न जाने हो त्यस बारे पूर्ण रुपमा ज्ञान र सीप सिकाएर मात्र पठाउन आग्रह गरिएको थियो ।
 
वैदेशिक रोगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुषालले संघले राखेका कुराहरु प्रति नेपाल सरकार सकारात्म रहेको र हाल देखा परेका समस्याहरुलाई सम्बोधन गर्न सरकारले पहल गरिरहेको जानकारी गराउनु भयो । उहांले यस क्षेत्रलाई सुरक्षित मर्या्दित र व्यवस्थित बनाउन नेपाल सरकारले सम्बन्धित सबैहरु संग सहकार्य र समन्वय गरिरहेको वताउंदै विदेशमा रहेका श्रमिकहरुको समस्याहरु संवोधन गर्न नेपाल सरकारले कोषको स्थापना गरेको भएता पनि हाल सम्म कुनै पनि नियोगहरुले कार्यक्रम सहित रकम विनयोजनको लागि माग नगरेकोले राष्ट्रिय समन्वय परिषद् मर्फत यस विषयमा नियोगहरुलाई घचघचाउन अनुरोध समेत गर्नु भयो । यसका साथै उहांले संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती परियोजना बारेमा चासो राख्नु भएको थियो भने संघका अध्यक्ष पन्तले लाप्राक नमूना वस्तिका गतिविधिहरु बारे अवगत गराउनु भएको थियो ।
 
छलफलको अन्त्यमा संघका अध्यक्षले संघले वैदिशक रोजगारमा संचालन गरेका मुख्य क्रियाकलापहरु र हासिल गरेका उपलब्धिहरुका साथै नेपाल सरकारका तर्फबाट गर्नु पर्ने सहयोगको बारे एक लिखित प्रतिवेदन पेश गर्न भयो ।
 
उक्त छलफलमा संघका अध्यक्ष कुमार पन्त, वैदेशिक रोगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुषाल, वैदेशिक रोजगारका प्रतिनिधिहरु, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव आरके शर्मा, प्रवक्ता डिबि क्षेत्री, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुका साथै सचिवालयको उपस्थिति रहेको थियो ।
 
गैरआवासीय नेपाली संघ सचिवलाय ।