President Corners

  • Home
  • President Corners
  • गैरआवासीय नेपाली संघका पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वीच भेट वार्ता

गैरआवासीय नेपाली संघका पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वीच भेट वार्ता



गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसि लगायतका पदाधिकारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरवहादुर कुँवरसंग उहाँको कार्यालयमा गई भेटघाट गर्नुभयो । सर्वप्रथम त अध्यक्षज्यूहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भेटघाटका क्रममा पदाधिकारीहरुले संघले नेपाल सरकार र सरोकारवालाहरुको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भईरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरु बारे ध्यानाकर्षण समेत गराउनु भयो । संघले कोभिड-१९ बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत  कार्यक्रमहरुका बारेमा उजागर गर्नुभयो । त्यसै गरि,  वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनु परेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाईरहेकोमा उक्त बिमाको रकमलाई कम्ति ५० लाख बनाउनको नीति ल्याउन सुझाव दिनुका साथै वैदिशक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्वको लगानी बारेमा पनि जानकारी गराउनु भयो । साथै उहाँहरुले थाईल्याण्डमा आयोजना हुन लागेको ९ औं एशिया क्षेत्र भेलामा प्रमुख आतिथ्यताको लागि अनुरोध गर्दै निमन्त्रणा पत्र माननीय मन्त्रीज्यूलाई दिनु भयो ।

यसरी नै मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरु प्रति धन्यवाद प्रकट गर्नु भयो । साथैवैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई  सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराउनु भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा संघले वैदेशिक रोजगारको क्षेत्रमा मिलेर काम गर्न सक्ने भएको उदृत गर्दै माननीय मन्त्रीज्यूले संघले वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेमा पूर्ण समय दिने प्रतिबद्धता जाहेर गर्नु भयो । सोहि कार्यक्रममा सामाजिक सुरक्षा कोषसंग भएका कामलाई संस्थागत गर्न संघ र सामाजिक सुरक्षा कोष बीच सम्झौता पनि गर्ने निर्णय भयो । अन्यत्यमा उहाँले एशिया प्रशान्त क्षेत्रको भेलामा आमन्त्रण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

भेटघाटमा  संघका तर्फबाट उपाध्यक्षद्वय आर. के. शर्मा  र नरेन्द्र भाटयुरोप क्षेत्रीय संयोजक चिन्ता मणि सापकोटा,  युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्ले तथा सचिवालयका अधिकृत कुनाल मिश्राको सहभागीता रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।