President Corners

  • Home
  • President Corners
  • एनआरएनए शंखमुल पार्कमा सरसफाई कार्यक्रम सम्पन्नः

एनआरएनए शंखमुल पार्कमा सरसफाई कार्यक्रम सम्पन्नः



एनआरएनए शंखमुल पार्कमा सरसफाई कार्यक्रम सम्पन्नः

१७ जुलाई २०२२

गैरआवासीय नेपाली संघले निर्माण गरेको ललितपुर स्थित शंखमुख पार्कमा आज आईतबार जुलाई १७ तारिखका दिन  सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ।

पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय नरेन्द्र भाट र आरके शर्मा, उप महासचिव विनय अधिकारी, युरोप संयोजक चिंतामणी सापकोटा, युरोपका क्षेत्रीय युवा संयोजक रमेश काफ्ले, युकेका पूर्व आइसिसि सदस्य पशुपति भण्डारी, नर्वेका पूर्व आइसिसि सदस्य द्वारिका महर्जन, एसिया प्यासिफिक क्षेत्रका अभियन्ता रञ्जन कुँवर, एनसिसि कोरियाका पूर्व क्षेत्रिय महिला संयोजक आस्था विन्दु मल्ल लगायत अमेरिका ,साइप्रस, बेलायत, दक्षिण कोरियाका गैरआवासीय नेपाली अभियन्ताहरुको उपस्थिति रहेको थियो।

सरसफाइ पश्चात शुभकामना मन्तव्य दिदै अध्यक्ष डा बद्री केसीले सामुदायिक र सामूहिक काम सधैं अग्रणी भूमिका खेल्ने ललितपुरबासी प्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले समय समयमा यस्तो सरसफाई कार्यक्रमको आयोजना गर्नको लागि सुझाव दिनु भयो ।

ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याए सम्म संरक्षण गरिरहने बताउनु भयो। त्यस्तै शंखमुल पार्क स्तर उन्नतिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी गराउनुभयो।

पूर्वमुख्यसचिव लिलामणी पोखरेलले पार्क बनाउन सहयोग गर्नु हुने गैरआवासीय नेपाली सङ्घका पदाधिकारी त्यस्तै आर्थिक र भौतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण एनआरएनए अभियन्ताहरु प्रति धन्यबाद दिनुभयो । यो विशेष पार्क हुनुको मुख्य कारण मनोरञ्जन मात्र नभई पुरातात्विक र ऐतिहासिक पार्क भएको बताए।

 

 

कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष कुल आचार्यले आफ्नो संयोजकत्वमा शंखमूल पार्क बनाउँदा आइपरेको आरोह अवरोहलाई सम्झिदै यसको संरक्षण र दायित्वको भूमिका खेल्ने ललितपुर महानगरपालिका वडा नम्बर ९ बासी जनता तथा ललितपुर महानगरपालिकालाई धन्यवाद दिनुभएको थियो। त्यस्तै शंखमुल पार्क बनाउन उत्प्रेरित गराउने, प्रशासनिक एवं जग्गा उपलब्ध गराउन सहयोग गर्नु हुने पूर्व मुख्यसचिव लीलामणि पौडेल लाई पनि धन्यवाद दिनुभएको थियो।

गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १५५ रुपैयाँमा निर्माण भएको थियो ।