President Corners

  • Home
  • President Corners
  • एनआरएनएद्वारा शंखमुल पार्क व्यवस्थापनार्थ घाँस काट्ने मेसिन सहयोग

एनआरएनएद्वारा शंखमुल पार्क व्यवस्थापनार्थ घाँस काट्ने मेसिन सहयोग



गैरआवासीय नेपाली संघले शंखमुल पार्क सरसफाइको लागि आधुनिक घास काट्ने मेशिन र रुख झार काट्ने मेसिन आज एक समारोहमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य महासचिव गौरीराज जोशी र उपमहासचिव विनय अधिकारी लगायतका पदाधिकारीहरुले ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजु महर्जनलाई हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले शंखमूल पार्क निर्माणको सार्थकता पाए देखिनै अहिले सरसफाइ संरक्षणका लागि संघका कार्यकारी अध्यक्ष कुल आचार्यले गर्नुभएको अभियान, गतिविधि र वडा नं ९ ले पार्कको उचित संरक्षण गरेकोमा प्रशंसा गर्नु भएको थियो ।
त्यस्तै वडाध्यक्षको राजु महर्जनले एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यज्यूको सक्रियताले नै शंखमुल पार्क निर्माणले सार्थकता पाएको र हस्तान्तरण गरिसकेपछि पनि पार्कको अवस्थाको विषयमा जानकारी लिने, त्यस्तै संरक्षण सरसफाइ प्रति चासो व्यक्त गर्नु उनको व्यवहारले आफू निकै प्रभावित भएको बताए।
समारोहमा कार्यकारी अध्यक्ष कुल आचार्यले घास तथा झार काट्ने मेसिन एउटा नमुना मात्रै भएकोले आगामी दिनमा शंखमुल पार्कको व्यवस्थापन संरक्षण वडाले अझै व्यवस्थित गर्नेमा आफू विश्वत रहेको बताए।
कार्यक्रमको सञ्चालन महासचिव गौरी राज जोशीले गर्नुका साथै उहाँले संघले गरेका परोपकारी कार्य बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रममा युवा संयोजक रमेश काफ्ले, एनआरएनए स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्यसचिव धर्मराज गिरी, आर्थिक संयोक राजु सिंह लगायत एनआरएनएका नवनियुक्त प्रमुख कार्यकारी अधि रवि किरण अधिकारी, संचारकर्मीहरु लगायत गैरआवासीय नेपाली अभियन्ताहरुको उपस्थिति रहेको थियो।
 
सचिवालय
गैरआवासीय नेपाली संघ ।