President Corners

अर्थ मन्त्रीसंग भेटघाट



२६ नोभेम्बर २०१९

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गएको एक प्रतिनिधि मंडलले अर्थमन्त्री डा. युवराज खतिवडा संग भेटघाट गर्‍यो ।  सो भेटघाटमा संघका अध्यक्ष पन्तले मुख्यतया गैरआवासीय नेपालीहरुको १० अरवको लगानी कोष र यसमा भईरहेका पहल बारे अवगत गराउनु भएको थियो । साथै प्रतिनिधि मंडलका सदस्यहरुले पनि आफ्ना क्षेत्रमा यस लगानीका लागि गरिएका पहलहरु बारे जानकारी गराउनु भयो ।

माननीय अर्थमन्त्री खतिवडाले गैरआवासीय नेपालीले स्थापना गर्न लागेको उक्त कोषलाई नेपाल सरकारले सहयोग गर्ने बताउनु भयो ।

यस भेटघाट कार्यक्रममा अध्यक्ष लगायत पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, सचिवद्वय गौरी राज जोशी र आरके शर्मा, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एशिया प्रशान्त क्षेत्रका पूर्व क्षेत्रीय महिला उपसंयोजक जुनु गुरुङ, अर्थविद अनल भट्टराई र संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडकी उपस्थिति रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।