President Corners

  • Home
  • President Corners
  • एनआरएनएमा राजनिती छिर्दैन :अध्यक्ष कुमार पन्त

एनआरएनएमा राजनिती छिर्दैन :अध्यक्ष कुमार पन्त



source : https://bit.ly/3AyX9DK

निकै भद्र, शालिन, सभ्य र मिजासिला छन गैर आबासीय नेपाली संघका अध्यक्ष कुमार पन्त । सडकदेखी महलसम्म उनको ब्यबहार ,शैली र एकनासे उपस्थितिबाट सांच्चै सबै प्रभावित हुने गरेका छन उनिबाट ।

बिगत दुइ बर्षदेखी गैर आबासीय नेपाली संघलाई नेतृत्व प्रदान गरिरहेका पन्त जब नेपाल आउँछन, उनि परिबारलाई भन्दा संघ र गैर आबासीय नेपालीहरूले पाउंनु पर्ने हक़ र अधिकारका लागि आबाज उठाउंन नेपाल सरकारको ढोका ढक्ढक्याउंन पुगिहाल्छन ।यसपटक पनि यस्तै भएको छ । उनि नेपाल आएको केही दिन मात्र भएको थियो ।यो बिचमा पनि उनले प्रधानमन्त्रीदेखी उधोग मन्त्रालयसम्म गैर आबासीय नेपालीहरूको आबाज पुर्याई सकेका छन ।

जून दिन हामीसंग कुरा गर्न उनि तयार भएका थिए, त्यो दिन पनि उनि उधोग मन्त्रालयको मिटिंगमा थिए भने अघिल्लो दिन पन्त लगाएतको टोलीले प्रधानमन्त्रीसंग भेट गरेको थियो । हाम्रो कुराकानीको शुरूवात प्रधानमन्त्रीसंगको भेटघाटको प्रसंगबाटै शुरू भयो । उनले भने -‘ गैर आबासीय नेपालीहरूले बर्षोदेखी माग गरेको नागरिकताका बारेमा राज्य सकारात्मक देखिएको छ । प्रधानमन्त्रीबाट आशालाग्दो आश्वासन पाएपछी हामी उत्साहित भएका छौं -‘ ।

आफू नेतृत्वमा आउनासाथ संघलाई राजनिती र आर्थिक चलखेलबाट टाढा राख्ने प्रतिबद्धता जनाएका पन्त यो मामिलामा आफू सफल भएको कुरा बताउंछन -‘ यो बिषयमा सबै पक्षबाट साथ र सहयोग मिलेकोमा सबैमा आभार प्रकट गर्दछु -‘  उनले भने ।

पहिले नेपाल  नै सक्षम हुनुपर्छ भन्ने उद्देश्य र सोचका साथ परिकल्पना गरिएको एनआरएन फण्ड सफलता तर्फ उन्मुख भएको कुरा बताउँदै अध्यक्ष पन्तले नेपालमा नै रोजगारी सिर्जना गर्न यो फण्ड सफल हुने दाबी गरेका छन ।उनले अगाडि भने -‘ शुरूमा दश अर्बबाट शुरू हुने यो फण्ड पचासौं अर्ब पुगेपछी बिभिन्न क्षेत्रमा यसको लगानी बिस्तार हुने छ । नेपालीबाट नेपाल र नेपालीका लागि यो फण्ड गैर आबासीय नेपालीहरूको सपना हो । यो सपना पुरा हुंदै छ । ‘

राज्यलाई आपत बिपत पर्दा गैर आबासीय नेपालीहरू जहिले पनि लागिपरेको कुरा स्मरण गराउंदै अध्यक्ष पन्तले गैर आबासीय नेपालीहरूले पनि राज्यबाट साथ र सहयोगको अपेक्षा गरेको कुरा बताए -‘ हाम्रो हक़ र अधिकारको बारेमा पनि राज्य सकारात्मक हुनु पर्यो , राज्यले केही बोल्नु पर्यो र हामीलाई साथ दिनु पर्यो भन्ने माग हाम्रो हो -‘ पन्तको भनाई छ।

यतिबेला कोभिडका कारण बिश्व नै मारमा परेको छ। यस्तो प्रतिकूल अबस्थामा पनि आफ्नो नेतृत्वमा भएका र शुरू गरिएका कामबाट आफू सन्तुष्ट भएको कुरा पन्तले बताए -‘ गैर आबासीय नेपालीहरूले शुरू गरेका कामहरू अगाडि बढेका छन भने थुप्रै योजना र सपनाहरूले मुर्तरूप  पाईरहेको छ । हामीलाई लाग्छ कि अब राज्य र गैह् आबासीय नेपालीहरू एक भएर अगाडि बढ्न सकेमा राज्यलाई समृद्ध बनाउंन समय लाग्दैन । सकारात्मक सोचौ अनि परिणाम पनि सकारात्मक नै आउंने छ -‘ निकै उत्साहित देखिएका छन गैर आबासीय नेपाली संघका अध्यक्ष कुमार पन्त ।