गैरआवसीय नेपाली संघ तथा श्रम तथा रोजगार मन्त्रालय बिच ऐन संशोधन सम्वन्धमा छलफल


गैरआवसीय नेपाली संघ तथा श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरु बिच वैदेशिक रोजगार ऐन २०६४ संशोधन सम्वन्धमा मिति ७ जेष्ठ मा सिंहदरवारमा छलफल भयो ।

Source: NRNA

एनआरएन दोश्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न


गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक न्यूजिल्याण्डमा सम्पन्न भएको छ

Source: NRNA

एनआरएनएको सहभागितामा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै


काठमाण्डौ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा यही आउने २०१६ अक्टोवर १ देखि ४ सम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन काठमाण्डौमा आयोजना गरिने भएको छ । सो सम्मेलन सम्बन्धि जानकारी गराउन राष्ट्रिय युवा परिषदमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Source: NRNA

गैरआवासीय नेपाली संघका महासचिव र कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत बीच भेट


मिति ३२ जेष्ठमा गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कर्मचारी सञ्चय कोषका कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यसंग भेट गरी वैदेशिक रोजगारीमा गएकाहरुलाई बचत गर्ने बानीको बिकास गरी कर्मचारी सञ्चय कोषमा कसरी आवद्ध गर्न सकिन्छ भन्ने बिषयमा बिचारबिमर्श गर्‍यो ।

Source: NRNA

खुला विश्वबिद्यालयबारे संसदीय समिति सभापति र एनआरएनए अध्यक्षवीच छलफल


काठमाण्डौं । मिति २०७३ जेष्ठ ३२ गते गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र व्यवस्थापिका संसद महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति माननीय रञ्जुकुमारी झा बीच खुला विश्वविद्यालयको विधयेक सम्बन्धमा अन्तरक्रिया तथा छलफल भयो ।

Source: NRNA

कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघको पहल


काठमाण्डौं, २०७३ असार १ । बिगत केही दिनयता कतारमा अलपत्र परेका १८५ जना नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघले पहल थालेको छ ।

Source: NRNA

एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता


काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री बिष्णु पौडेलसंग भेटवार्ता गर्‍यो ।

Source: NRNA

कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुसंग महासचिवको छलफल


असार ३ गते । कर्मचारी सञ्चय कोषको निमन्त्रण अनुसार संघका महासचिव डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कोषको वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषसंग आवद्ध गर्न गठित समितिका पदाधिकारीहरुसंग भेट गरी छलफल गर्‍यो ।

Source: NRNA