नेप्लिज कम्युनिटी हिथ्रोद्वारा एनआरएनमार्फत् भूकम्पपिडीतलाई ६ लाख रुपैयाँ प्रदान


काठमाण्डौ । नेपालका भूकम्पपिडीतको दु:खमा साथ दिन बिदेशमा कार्यरत नेपालीहरुले आफ्नो गास काटेर सहयोग गर्ने क्रम तिब्र भइरहेको छ ।

Source: NRNA

संविधान पारित भएकोमा एनआरएनले भन्यो– ऐतिहासिक र नय


काठमाण्डौ । बुधबार साँझ संविधानसभाबाट ‘नेपालको संविधान–२०७२’ पारित भएकोमा गैरआवासीय नेपाली संघले खुसी ब्यक्त गर्दै यसलाई ऐतिहासिक र नयाँ विहानीको सुरुवात भएको बताएको छ ।

Source: NRNA

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन काठमाण्डौंमा, डायस्पोराका कविता बिमोचन


काठमाण्डौ । गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाण्डौंमा अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्तरुपमा गर्नुभयो ।

Source: NRNA

उपराष्ट्रपति, गृह,रक्षा र स्वास्थ्य मन्त्रीसंग भेटघाट


सर्वप्रथम अध्यक्ष घलेले राष्ट्रलाई पुराएको योगदानको कदर स्वरुप उहाँ यस गरिमामय पदमा पुग्न सफल भएकोमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना दिनु भयो । अध्यक्ष घलेले उपराष्ट्रपतिलाई गैरआवासीय नेपाली संघका बारेमा अवगत गराउँदै यसका उदेश्य, यसले हाासिल गरेका उपलब्धीहरु र विश्वभर फैलिएका नेपालीहरुलाई एकिकृत गरी बिकास गरेको नेपालीहरुकै एक मात्र अन्तर्राष्ट्रिय संजाल भएकोले यसको महत्व र उपयोगिताबारे प्रकाश पार्नुभयो ।

Source: NRNA

राष्ट्रिय समन्वय परिषद् मकाउद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग


२०७२ जेष्ठ ८ गते राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष सुदर्शन थापा मगरद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग संघका अध्यक्ष शषे घलेलाई हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

एनआरएनको साझेदारीमा काठमाण्डौमा बैदेशिक रोजगार सूचना केन्द्र स्थापना


काठमाण्डौ । गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाण्डौको श्रमग्राममा ‘बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो ।

Source: NRNA

अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीता


“Planet 50-50 by 2030: Step It Up for Gender Equality” भन्ने नाराका साथ २०१६ मार्च ८ का दिन नेपाल सरकार महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयको संयोजकत्वमा आयोजना गरिएको Rally मा गैरआवासी संघको सहभागीता रहेको थियो । विहान ८ बजे भृकुटी मंडपबाट सुरु भएको Rally पुतली सडक कमलादी हुँदै रत्नपार्क स्थित रानीपोखरी निर रहेको शान्ती बाटिकामा गई सभामा परिणत भएको थियो ।

Source: NRNA

संघका अध्यक्षद्वारा भेटवार्ता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरी पुन:निर्माण तथा संघ र सरकारवीचको सहकार्यबारे छलफल गर्नुभएको छ ।

Source: NRNA