धादिङको बसेरी र नुवाकोटमा गैरआवासीय नेपाली संघको राहत


काठमाण्डौ । गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्पपिडीत स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ ।

Source: NRNA

एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने


काठमाण्डौ । गैरआवासीय नेपाली संघको सातौं बिश्व सम्मेलन सम्माननीय राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने भएको छ । अक्टोवर १६ तारिकमा सुरु हुने सम्मेलनको उद्घाटनका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गर्नुभएको आमन्त्रण राष्ट्रपति डा. यादवले सहर्ष स्वीकार गर्नुभएको छ ।

Source: NRNA

लाप्राकलाई नमुना वस्ती बनाउन सरकार र एनआरएनएवीच समझदारी


१२ बैशाख, लाप्राक । गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोरखाको उत्तरी गाउँ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारवीच समझदारी भएको छ ।

Source: NRNA

गैरआवासीय नेपाली संघ प्रतिनिधि मण्डलको वैदेशिक रोजगार विभागका महानिर्देशक संघ भेटः


आज मिति ५ फागुन तद् अनुसार १७ फेव्रुवरीका दिन गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्तको नेतृत्वमा संघका प्रतिनिधि मण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक, कृष्णहरि पुस्करसंग भेट गर्‍यो ।

Source: NRNA

भूकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोक तर्फ


भूकम्प पिडीतलाई अत्याबश्यक राहत बितरण गर्न गैरआवासीय नेपाली संघको टोली बिहीबार काठमाण्डौबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ ।

Source: NRNA

एनआरएनद्वारा दोलखा र सोलुखुम्बुमा राहत बितरण


काठमाण्डौ । मुलुकमा आएको बिनासकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लाहरुमा राहत बितरणका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दुई दिनमा तीन जिल्लाको भ्रमण गरी भूकम्प पिडीतलाई आपतकालिन राहत बितरण गर्नुभएको छ ।

Source: NRNA

अध्यक्ष घलेद्वारा सम्माननीय राष्ट्रपतिसंग भेटवार्ता


काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष श्री शेष घलेले सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसंग भेटवार्ता गर्नुभएको छ । भेटमा अध्यक्ष घलेले भूकम्पको महाविपतपछि गैरआवासीय नेपाली संघले संचालन गरेको आपतकालिन राहत वितरणबारे जानकारी गराउनुभयो ।

Source: NRNA

एक हजार घर निर्माणका लागि एनआरएनलाई अनुमति प्राप्त


काठमाण्डौ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई अनुमति दिएको छ ।

Source: NRNA