गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार (जुन १२, २०१७) काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग भेटवार्ता गरेको छ । सर्वप्रथम संघका अध्यक्षले नवनियुक्त मेयरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।