गत् सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको समयमा राष्ट्रिय समन्वय परिषद् चीनद्वारा महाभूकम्प पिडितका लागि रु.१ करोड सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार ८,९५,६५०। (आठ लाख पन्चान्नब्बे हजार छ सय पचास) बराबरको जीवन रक्षक औषधीका सामग्रीहरु संघ मार्फत नेपाल सरकार स्वास्थ्य विभागलाई उपलब्ध गराएको र बाँकी रकम रु. ९१,०४,३५०। (एकानन्बे लाख चार हजार तीन सय पचास मात्र) आज सचिवलायको प्रभु बैंकमा रहेको राहत कोषमा जम्मा गरी सहयोग गरेको छ ।