परोपकारी कार्य अन्तर्गत सहयोग प्रदानः


सन् ८ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले २० जुन २०१६ का दिन अफगानीस्तानको काबुल स्थित क्यानाडा दूतावस नजिकै तालिवानको आक्रमणमा परी १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएका मध्ये ११ जना मृतकका परिवारलाई जनही रु १ लाखको चेक गैरआवासीय नेपाली संघको सचिवालयमा हस्तान्तरण गर्नु भयो ।

Source: NRNA

परोपकारी परियोजना अन्तर्गत सहयोग रकम हस्तान्तरणः


मिति सन् २०१८ १ जनवरीका दिन गैरअआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको सहयोगार्थ प्राप्त रकम रु ८,९२,४४५/- (आठ लाख बयान्नब्बे हजार चार सय पैंतालिस मात्र) स्व. प्रदिप राना मगरका बुवा विष्णु वहादुर राना मगरलाई आज सचिवालयमा हस्तान्तरण गरियो ।

Source: NRNA