Loading Events

« All Events

  • This event has passed.

Asia Pacific Region Program of Women Health & Taskforce Women Forum NRNA

January 29, 2023 @ 12:00 am - 3:00 pm

स्वास्थ्य सचेतना सल्लाहकार्यक्रम सम्पन्न

नेपाल नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै :  स्वास्थ्य विज्ञ

 नेपाल नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा  शिक्षा कार्यदलले आयोजना गरेकोस्वास्थ्य सचेतना सल्लाहकार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दै चिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीका अनुसार  विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्य सेवा दिने उद्देश्यले सो कार्यक्रमको थालनी गरिएको हो भर्चुअल माध्यमबाट आज (२९ जनवरी २०२३) पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको हो

कार्यक्रममा  त्रिभुवन विश्व विद्यालयका प्रोफेसर. डा. सरोज प्रसाद ओझा ( मनोचिकित्सक) ले मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुत गर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रुपमा रहेको बताउनुभयो   नेपालमा मानसिक स्वास्थ्यका कारण आत्महत्याका घटना बढ्दो क्रममा रहेकोले यससम्बन्धमा गम्भीर हुनुपर्ने बताउनुभयो नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर उक्त स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने बताउनुभयो

उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् करीब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैनन् किनकी उनीहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्, मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन उहाँका अनुसार, ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको २५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने समस्याग्रस्तमध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताउनुभयो मनोपरामर्श, खानपान शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्या केही हदसम्म समाधान हुने उहाँको भनाई थियो

कार्यक्रममा हाल दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईले  महिलाहरुमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो डा भट्टराईले सहजै निधान  गर्न सक्ने भएपनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताउनुभयो विश्वभर, प्रत्येक महिलामा जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा भट्टराईले नेपाल डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत रुपमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो उहाँले भन्नुभयो, “सजिलै निधान गर्न सकिने उपचार हुने भएपनि चेतना अभाव वा भनौं व्यक्ति जागरुक नहुँदा यो क्यान्सर घातक बन्दै गइरहेको , समयमै उपचार पाए यो समस्या ९० प्रतिशतसम्म उपचार गर्न सकिन्छ विकसित राष्ट्रमा पनि स्तन क्यान्सरको समस्या बढ्दो क्रममा रहेको भन्दै डा भट्टराईले नेपाल डायस्पोरामा बृहत रुपमा सचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताउनुभयो   सन् २०२० मा जारी एक अध्ययन प्रतिवेदन अनुसार विश्वभर सबैभन्दा २२ लाख भन्दा बढीमा स्तन क्यान्सर पत्ता लागेको थियो

बेलायतका डा अमृत पोखरेलले महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सरका विषयमा आफ्नो प्रस्तुती गर्नुभएको थियो डा पोखरेलका अनुसार पछिल्लो समय महिलाको योनी, पाठेघरभित्र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताउनुभयो क्यान्सर जस्तो घातक रोगको बारेमा जनचेतना अभावमा कयौंको ज्यान जाने गरेकोले त्यस सम्बन्धमा व्यापक जनचेतना सरकार सरोकारवालासँगको समन्वयमा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा डा पोखरेलले जोड दिनुभयो

कार्यदलकी सहअध्यक्ष  हाल जापानमा रहनुभएकी जनस्वास्थ्य स्कलर एलिजा केसी भण्डारीले स्वास्थ्य बीमाको महत्वमाथि प्रकाश पार्नुभएको थियो स्वास्थ्य बीमालाई सही तरिकाले प्रयोग गर्न सके सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकिने उहाँको भनाई थियो संसारका कोही पनि मानिसले कुनै पनि हालतमा स्वास्थ्य सुविधा पाउनुपर्ने भन्दै समान पहुँचका लागि स्वास्थ्य बीमा फलदायी हुनसक्ने बताउनुभयो विदेशमा स्वास्थ्य बीमा के कसरी लिने भन्ने विषयमा उहाँले जानकारी गराउनुभएको थियो यस्तै, साउथ अफ्रिकामा रहनुभएकी कार्यदलकी सचिव सरिता पाण्डे भट्टराईले स्वदेश विदेशमा पनि मानसिक शारीरिक स्वास्थ्य आवश्यक रहेको भन्दै विश्वभर नेपालीको घनत्व रहेका स्थानमा स्वास्थ्य सेवाको पहुँच स्थापना गर्न आवश्यक रहेको बताउनुभयो

विदेशमा रहेका नेपालीका लागि स्वास्थ्य कार्यक्रमका सल्लाहकार एवं पोल्याण्डका लागि अवैतानिक वाणिज्यदूत वरिष्ठ क्यान्सर सर्जन कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको यसलाई सफल बनाउन एनआरएनए, नेपाल सरकार स्वास्थ्यकर्मी, सामाजिक अभियन्ताको भूमिका ठूलो हुने बताउनुभयो

कार्यक्रम संयोजक  एनआरएनए आइसीसी महिला सचिव डा एलिनी पोखरेलले आगामी दिनमा नेपालका सातै प्रदेशदेखि विश्वभरका सातै क्षेत्रमा कार्यक्रम पु¥याउने लक्ष्य रहेको बताउनुभयो पोल्याण्डमा कार्यरत चिकित्सक डा पोखरेलले डायस्पोराका नेपालीका लागि लामो समयदेखि काम गर्दै आउनुभएको उहाँले भविष्यमा डायस्पोरामा देखिन सक्ने स्वास्थ्य संकटको जोखिम औँल्याउँदै त्यसबाट बच्नका लागि अभियान सुरु गरिएको बताउनुभयो कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा, अध्यक्ष डा बद्री केसी, अध्यक्ष कुल आचार्य, महिला उपाध्यक्ष यास्मिन बेगन, पूर्व महिला संयोजक रजनी प्रधान लगायतले आफ्नो धारणा राख्दै कार्यक्रमलाई नेपालसहित नेपाली भएको सबै देशमा पुर्याउन सुझाव दिनुभएको थियो  

कार्यक्रमको सञ्चालन  एसिया प्यासिफिक महिला डीआरसी, एवं कार्यदलकी क्षेत्रीय संयोजक डा इन्दिरा तिवारीले गर्नुभएको थियो   डा तिवारीले डायस्पोराका नेपालीका लागि लामो समयदेखि पैरवी गर्दै आउनुभएको   कार्यक्रममा आइसीसी  उपाध्यक्षहरु डा हेमराज शर्मा, उपाध्यक्ष महेश श्रेष्ठ, नारायण आचार्य, ,उपमहासचिव रामशरण सिम्खडा, कोषध्यक्ष फणिन्द्र पन्त, आइसीसी महिला सचिव राधिका गुरुङ,एसिया प्यासिफिक क्षेत्रबाट पारसमणि पोखरेल डण्डपाणी कँडेल, आएसीसी तथा एनसीसीका अभियन्ता, सञ्चारकर्मी लगायतको सहभागीता थियो

Inauguration Ceremony of the program

Presentation on Breast Cancer by Dr Pushpa Bhattarai & Women health & Cervical Cancer by Dr. Amrit Pokharel

Presentation on mental health and Well Being by Dr Saroj Ojha

Presentation on Health Insurance By Ms. Aliza Bhandari

Presentation on General health by Dr. Sarita Pandey

Details

Date:
January 29, 2023
Time:
12:00 am - 3:00 pm
Event Category: