गैरअवासीय नेपाली संघद्वारा ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी वितरण

Published On: Sunday, July 5, 2020 | Source: NRNA

५ जुलाई, २०२०

गैरआवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ । उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ भने  नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि  संयोजन गर्दै आएको छ ।

यसै सन्दर्भमा, संघको उपाध्यक्ष सोनाम लामाज्युको पहलमा संघले शुद्ध खाने पानी होल्डिङ सेन्टरहरुमा आपूर्ति गराएको हो । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाको कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमा स्काई लाईन पार्टी प्यालेसमा नेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गर्नु भयो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।