गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष बैठक सम्पन्न

Published On: Monday, January 20, 2020 | Source: NRNA
गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न  संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न २० तारिख २०२० का दिन पोखरामा एक पत्रकार सम्मेलन आयोजना गरियो । सो सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले    नेपालमा लगानी, काठमाण्डौंमा बन्दै गरेको सार्वजनिक शैचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए । पन्तले  संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको करीव सम्पूर्ण काम सकिएको जानकारी दिनु भयो उहाँले भन्नु भयो अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ हिउँ पग्ले पछि बाँकी रहेको केही काम गरेर घरहरु हस्तान्तरण गरिने बताउनु भयो ।