गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघ वीच सहकार्य गर्ने सहमति

Published On: Friday, October 25, 2019 | Source: NRNA
गैरआवासीय नेपाली संघका पदाधिकारी  र नेपाल उद्योग परिसंघलका पदाधिकारी विच  मिति २०७६ कार्तिक ७ गते बुधबारको दिन नेपाल उद्योग परिसंघको कार्यालयमा सहकार्यको लागि एक बैठक बसेको छ । उक्त वैठकमा संघका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरिएको थियो । वैठकमा आपसी सहयोग र सहकार्य बढाउने  वारे व्यापक छलफल भयो । छलफल विशेष नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो । वैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको  विषयमा गैरआवासीय नेपाली संघसंग सहकार्य गर्ने इच्छा प्रकट गरियो । वैठकमा गैरआवासीय नेपाली  संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको धारणा ब्यक्त गर्नु भयो । वैठककै  अवसर पारेर  दुई संस्था वीच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर गरियो । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गर्नु भयो । कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट  उपाध्यक्ष डा. बद्री के. सी., प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट नि. वर्तमान अध्यक्ष, उपध्यक्षहरु, कार्य समिति सदस्यहरु, महानिर्देशक र निर्देशक समेतको सहभागिता थियो ।
सचिवालय
गैरआवासीय नेपाली संघ