परिचयात्मक अन्तरक्रिया कार्यक्रमः

Published On: Friday, July 13, 2018 | Source: NRNA
"समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली" नाराको मूलभावमा कृषि प्रबर्धन समितिले आगामी कार्यदिशाको पहिचान गर्न नेपालमा रहनु भएका कृषि क्षेत्रका अभियन्ता, चिन्तक, बिष्लेषक, बिज्ञ, उद्यमी, संचारकर्मी र नीति निर्माता जस्ता बिशिष्ट ब्यक्तित्वहरु माझ आज संघको सचिबालयमा एक परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
                                
बैठकबाट प्राप्त सुझाबहरुलाई समितिले आसन्न युरोपियन बैठक माझ एनआरएन समुदायसँग छलफल गर्नेछ । समितिका सँयोजकको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सचिव श्रीराम घिमिरेद्वारा सन्चालन, उपसँयोजक कपिलदेब थापाबाट स्वागत र संघका उपाध्यक्ष कुमार पन्तबाट धन्यवाद ज्ञापन गरिएको थियो । गैरआवासीय नेपालीहरुले कृषिका के कस्ता क्षेत्रमा चासो राख्न र लगानी गर्न उपयुक्त हुन्छ भन्ने कुरामा लिखत सुझाब माग्न मदन राइज्यू, डा. केशब राज अधिकारीज्यू र डा. अच्युत वाग्लेज्यूलाई अनुरोध गर्ने बारेमा बैठक सहमत भएको छ । कृषिमा लगानी भित्र्याउन तत्काल नीतिगत तहमा सुधारका लागि पहल र दबाब सृजना गर्न पनि समितिले पाइला चाल्नु पर्ने बैठकले औल्याएको छ । छोटो समयमा आयोजित यस कार्यक्रममा आफ्नो अमुल्य समय र सुझाब दिनुहुने देहायका आदरणिय ब्यक्तित्वहरु र कृषि पत्रकारज्यूहरु अनि सचिवालयका सबै सहयोगी साथीहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त  गर्दछौ ।
                           
 
१.     मानानीय श्री गणेश शाह : समितिका सल्लाहाकार (पूर्व मन्त्री, बिज्ञान प्रबिधी तथा बातावरण)
२.     श्री मदन राइ : समितिका सल्लाहाकार, कृषिविद तथा परिवर्तन वाहक
३.     डा. योगेन्द्र कुमार कार्की : समितिका सल्लाहाकार, कृषि - भूमिसुधार तथा सहकारि मन्त्रालयका       सहसचिब
४.     डा. श्री बैद्यनाथ महतो : कार्यकारी निर्देशक राष्ट्रिय कृषि अनुसन्धान केन्द्र
५.     श्री जीवन प्रभा लामा : समितिका सल्लाहाकार, खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण बिभागका पूर्व  महानिर्देशक 
६.     डा. अच्युत वाग्ले : अर्थशास्त्री, बरिष्ठ पत्रकार  
७.     डा. भोलामान सिंह बस्नेत : धानबाली बिज्ञ
८.     श्री पुष्पमान अमात्य : बनस्पती बिज्ञ
९.     डा. केशबराज अधिकारी : डिन - कृषि र प्राणी बिज्ञान संस्थान, त्रिभुवन विश्वाबिद्यालय 
१०.    डा. बिष्णु चापागाइ : एनआरएन इजरायलका पूर्व अध्यक्ष, कृषिविद
११.    श्री निलकण्ठ तिवारी : महासचिब अष्ट ज अभियान
१२.    श्री बिष्णु गौतम : समितिका सल्लाहाकार, लक्ष्मी प्रतिष्ठान
१३.    श्री कुमार पन्त : उपाध्यक्ष एनआरएनए
१४.    श्री गोबिन्द सुबेदी : मानार्थ परिषद सदस्य
१५.    डा. हेमन्त दवाडी, प्रमुख कार्यकारी अधिकृत, गैरआवासीय नेपाली संघ सचिवालय ।  
 
युबराज गुरुङ, सँयोजक,
कपिलदेब थापा, सहसँयोजक 
कृषि प्रबर्धन समिति
गैरआवासीय नेपाली संघ  ।