के हो कोरोना भाइरस?

यो भाइरसको आफ्नो वरिपरि मुकुट वा क्राउन लगाए जस्तो देखिने भएकोले यस्लाइ कोरोना भाइरस भनिएको हो। यो मानिस बाहेक अरु स्तनधारी जनावर र चराहरुमा पनि देखिन्छ। तर मानिसमा हुने कोरोना भाईरस र जनावरहरुमा देखापर्ने भन्दा भिन्न प्रकारको हुन्छ। जनावरहरु सँग नजिक समपर्कमा आउने ब्यक्ति हरुमा यो भाइरस सर्नसक्छ। गत बर्ष को डेसेम्बेर महिना देखि चीन को युहान शहर मा प्रथम पटक देखा परेको हुना ले यस भाइरसलाई युहान कोरोना भाईरस भनिएको छ।
 
यो भाइरस त्यो परिवार को हो जस्मा त्यस्ता अरु भाइरसहरु छन् जस्ले साधारण रुघामर्की देखि खतरनाक निमोनिया सम्म गराउछ। सन २००२-२००३ मा चीन र क्यनडामा भएको सार्स भाइरस माहामारी र २०१२ मा मध्यपुर्व खाडी मुलुक, बिशेष गरी साउदी अरेवियामा, भएको मर्स भाइरस महमारी गराउने भाइरसहरु पनि यहि कोरोना परिवार भित्र पर्छ। सार्स र मर्श भाइरस हरु युहान कोरोना भाइरस जस्तै सुरुमा जनावरहरुमा मात्र सिमित थिए। पछी मात्र तिनि हरुले मानिस मा सर्ने क्षमता हासिल गरे। हालै यो नयाँ भाइरसले नियमित रुप मा मानिस-बाट-मानिस मा सर्ने क्षमता प्राप्त गरेको छ जस्को कारणबाट यस्को सम्क्रामक् सक्ति बढेको छ 

 

.


Video on Novel coronavirus (2019-nCoV)