Testomonial

NRNA ICC President Bhaban Bhatta
 

इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोलीलाई आमन्त्रण गरेकोमा राष्ट्रिय खेलकुद परिषदप्रति आभारी छु | विभिन्न कारणले प्रवासमा रहेका नेपाली खेल प्रतिभाहरुले राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउनु हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुका लागि सुखद छ | आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गैरआवासीय नेपाली संघले गर्दै छ | आठौँ राष्ट्रिय खेलकुदका साथै आगामी दिनमा आयोजना हुने राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली टोली सहभागी हुन सक्ने गरि संघ र राष्ट्रिय खेलकुद परिषदका विचमा सहमति भैसकेको छ | खेलकुद क्षेत्रमा अभ्यासमा आएका नविन प्रविधि, सिप र कौशल भित्र्याउदै गैरआवासीय नेपाली संघ नेपालको खेलकुद क्षेत्रको विकासको साझेदार बन्न तयार छ |

आठौं राष्ट्रिय खेलकुद हाम्रो लागि एउटा राम्रो अवसर हो, जसको माध्यमबाट गैरआवासीय नेपाली खेलाडीहरुले आफु संग भएको प्रतिभा प्रस्तुत गरि प्रवासमा रहेका नेपालीहरुको आस्था र उत्प्रेरणा उचो बनाउन सकिनेछ | अतः आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघका तर्फबाट सहभागी हुने सम्पूर्ण खेलाडी, संयोजनमा संलग्न हुने टिम लगायत गैरआवासीय नेपाली संघको युवा तथा खेलकुद समितिलाई आवश्यक स्रोत साधनको व्यवस्था गर्न संघ पूर्ण प्रतिवद्ध छ भन्दै आसन्न प्रतियोगिताहरुमा संघको सम्मानजनक स्थान हाँसिल होस् भनी शुभकामना व्यक्त गर्दछु |

Introduction

मुलुकमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा गर्ने मंचका रुपमा पहिलो राष्ट्रिय खेलकुदको आयोजना वि.सं.२०३८ मा भएको थियो | उक्त राष्ट्रिय खेलकुदको आठौँ संस्करण वि.सं. २०७५ मा नेपालगंजमा आयोजना हुँदैछ | कुल ३५ विधामा प्रतिस्पर्धा हुने यस खेलकुदमा सात प्रदेश स्तरीय टोली, ३ विभागीय टोली (नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी) संगै इतिहासमै पहिलो पटक प्रवासमा रहेका नेपाली खेलाडीहरुको प्रतिनिधित्त्व गर्दै गैरआवासीय नेपाली खेलकुद टोली समेत सहभागी हुँदैछ | राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने यस खेलकुदमा गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गैरआवासीय नेपाली संघले गर्दैछ | प्रवासमा रहेको खेल प्रतिभालाई स्वदेशले स्थान दिन लागेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरु उत्साहित छन् | आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली खेलाडी एवं खेलसंग सम्बन्धित अन्य पक्षहरुको व्यवस्थापनका लागि संघले अन्तर्राष्ट्रिय युवा संयोजकको नेतृत्त्वमा ‘आठौं राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली टोली मूल संयोजन समिति’ को निर्माण गरि सो समिति सक्रिय भैसकेको छ |  गैरआवासीय नेपाली संघले आफ्ना मातहतका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई खेलाडीको नामावली पठाउन सुचना प्रवाहित गरिसकेको छ | हरेक मुलुकमा रहेका उत्कृष्ट गैरआवासीय नेपाली खेलाडीहरुको पहिचान गरि गैरआवासीय नेपालीहरुको गहकिलो उपस्थितिका लागि संघ प्रतिबद्ध छ | यस खेलकुदसंग सम्बन्धित गैरआवासीय नेपाली गतिविधिको व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघको काठमाडौँ स्थित सचिवालयले संयोजन गर्दैछ |

 

खेलाडीको नाम पठाउने अन्तिम मिति: जनवरी २५, २०१९
अन्तिम नामावली प्रकाशन मिति: फेब्रुअरी ५, २०१९

 

  •  
  •  
  •  
 

 

आठौँ राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली टोली मूल संयोजन समिति:

संयोजक: सुदन थापा, अन्तर्राष्ट्रिय युवा संयोजक

सदस्य: ऋषि आचार्य, क्षेत्रीय युवा संयोजक, ओसेनिया

           डा.जय कृष्ण ठाकुर, क्षेत्रीय युवा संयोजक, युरोप

           राज कुमार बस्नेत, क्षेत्रीय युवा संयोजक, मध्य एसिया

           कृष्ण दत्त भट्ट, क्षेत्रीय युवा संयोजक, अफ्रीका

            डा.वर्षा मोक्तान, क्षेत्रीय युवा संयोजक, अमेरिका

सदस्य सचिव: राजु मानन्धर, संयोजक, खेलकुद उप-समिति

सचिवालय व्यवस्थापन: श्रीराम घिमिरे, सचिव, युवा फोरम, एनआरएनए

 

आठौं राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली टोली क्षेत्रीय संयोजन समिति:

संयोजक: राजु मानन्धर, संयोजक, खेलकुद उप-समिति

सदस्य: सन्जिब श्रेष्ठ, खेलकुद संयोजक, अमेरिका क्षेत्र

          मुकेश बरुवाल, खेलकुद संयोजक, एसिया-प्यासिफिक क्षेत्र

          नबिन पौडेल, खेलकुद संयोजक, मध्य एसिया क्षेत्र

          भुपाल सिटौला, खेलकुद संयोजक, ओसेनिया क्षेत्र

          किशन के.सी., खेलकुद संयोजक, युरोप क्षेत्र

          स्वयम्भु राज डंगोल, खेलकुद संयोजक, नेपाल च्याप्टर

 

आठौँ राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली खेलाडी एवं प्रशिक्षक व्यवस्थापन समिति

संयोजक: राजु मानन्धर, संयोजक, खेलकुद उप-समिति

सदस्य: स्वयम्भु राज डंगोल, संयोजक, गैरआवासीय नेपाली खेलकुद नेपाल च्याप्टर

          रवि शाही, अन्तर्राष्ट्रिय जुडो प्रशिक्षक, यु.ए.इ

टिम दर्ताका आधारहरु:

  1. सहभागी हुन चाहने  टिमले गैरआवासीय नेपाली संघको सचिवालयमा टिम दर्ता गराउनु पर्नेछ |

  2. हरेक टिम ५ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी सहित सात जनाको हुनु पर्नेछ |

  3. टिममा सहभागी खेलाडीहरु कक्षा ११/१२ मा अध्ययनरत हुनु पर्नेछ |

  4. सहभागी टिममा १ जना क्याप्टेन, १ जना प्रशिक्षक तथा १ जना व्यवस्थापक हुनु पर्नेछ | टिम दर्ता गर्नका लागि कलेजको लेटरहेडमा सहभागीहरुको नाम सम्बन्धित कलेजका प्रिन्सिपलले दस्तखत गरि पठाउनु पर्नेछ |

नोट: डन्डीबियो खेल सम्बन्धि नियम नेपाल डन्डीबियो संघले निर्धारण गरे बमोजिम हुनेछ | खेलको विधि र नियम गैरआवासीय नेपाली संघको वेबसाइटमा डाउनलोड गर्न सकिन्छ | अभ्यासको लागि आवश्यक खेल सामग्री (डन्डी-बियो, पन्जा, हेल्मेट आदि) सम्बन्धित कलेज वा टिमले नै व्यवस्था गर्नुपर्नेछ |

पुरस्कार:

प्रथम पुरस्कार: नगद रु. ५०,०००/- तथा प्रशंसा पत्र

द्वित्तीय पुरस्कार: नगद रु. ३०,०००/- तथा प्रशंसा पत्र

तृतीय पुरस्कार: नगद रु. २०,०००/- तथा प्रशंसा पत्र

 

टिम दर्ताको अन्तिम मिति: २०७५ आश्विन १० गते

टिम एवं खेलतालिका घोषणा: २०७५ आश्विन १२ गते

टिम अभिमुखीकरण: २०७५ आश्विन १५ गते

खेल: २०७५ आश्विन २१ गते

पुरस्कार वितरण: २०७५ आश्विन २५ गते

खेल हुने स्थान: दशरथ रंगशाला, डन्डीबियो कोर्ट

खेल नियम/विधिका लागि: www.nrna.org

रजिस्ट्रेसन हुने स्थान/समय: गैरआवासीय नेपाली संघको सचिवालय, नागपोखरी, काठमाडौँ (Please visit Google map at TBI plaza, Kathmandu)/ कार्यलय समय (१०:००-५:०० बजे)

फोन: ०१-४००४५२९, ९८५११५४१०४