News

  • Home
  • News
  • चोभारमा गैरआवासीय नेपालीको चासो

चोभारमा गैरआवासीय नेपालीको चासो



गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा वृक्षा रोपण कार्य गर्दै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३ का दिन नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठलाई समेत अवसर पारेर गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले आयोजना गरेको बृक्षा रोपण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चोभार डाँडाका खालि रहेका क्षेत्रमा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुले रुद्राक्ष धुपी सल्लो लगायत विभिन्न थरीका विरुवाहरु रोप्नु भएको थियो ।

 

यसपछि उहाँहरुले ३८ फिट अग्लो निर्माणाधिन मञ्जुश्री मूर्तिको अवलोकन गर्नु भयो । त्यस क्षेत्रमा एउटा पार्क बन्ने र त्यहाँ मञ्जुश्रीको विशाल मूर्ती रहने जानकारी पनि प्राप्त भएको छ । कार्यक्रमको सुरुवातमा पंच बटुकद्वारा स्वस्ती वाचन गरिएको थियो । त्यसपछि नेपाल र जापानको राष्ट्रिय गान बजाई कार्यक्रम अघि बढाईएको थियो । गैरआवासीय नेपाली संघका महासचिव डा= बद्री केसीले सहभागी हुन आउनु भएका सबै अतिथिहरुलाई स्वागत गर्नु भयो । स्वागत मन्तब्यको क्रममा उहाँले गैरआवासीय नेपाली संघ नेपाल सरकार र नीजि क्षेत्रको सहयोग र सहकार्यमा मुलुकको आर्थिक समृद्धिको लागि कार्य गर्न सदा तत्पर रहेको बताउनु भयो । वातावरण क्षेत्रमा विविध कार्यहरु गरिरहेको र यसमा थप टेवा पुर्याउनको लागि संघले शंखमुल घाटमा बगैचा र शंख निर्माण गर्न लागिरहेको जानकारी पनि गराउनु भयो ।

 

 

उक्त कार्यक्रम माननीय गृह मन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपाल र जापानको मैत्री सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले नेपाल जापानको मैत्री सम्बन्धमा एक थप उर्जा मिलेको बताउनु भयो । मन्तव्यको क्रममा उहाँले नेपालको वातावरण क्षेत्रमा गैरआवासीय नेपालीहरुको योगदानको प्रशंसा गर्नु भयो । नेपालको समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गर्नु भयो । यसरी नै व्यवस्थापिका संसद क्षेत्र नं १० का सांसद माननीय राजेन्द्र कुमार के=सीले अहिले विश्वमा ग्लोवल वार्मिङ्गले गर्दा वातावरणमा असर गरिरहेकोले स्वदेशमा यस किसिमको कार्यक्रमले वातावरण जोगाई राख्नमा सहयोग गर्ने कुरा बताउनु भयो । यस सोभार क्षेत्रमा सोलार राख्नको लागि सरोकारवालहरुसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीका लागि गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । सम्माननीय राष्ट्रपतिज्यूका सल्लाहकार डा मदन कुमार भट्टराईले नेपाल जापानको मैत्री सम्बन्ध ६०औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा र जापानले नेपाललाई आपत विपत परेको बेलाका साथै अन्य समयमा नेपालको विविध क्षेत्रमा सहयोग गरिरहेकोमा उहाँले जापान सरकार र विशेष अतिथितिका रुपमा पल्नु भएका नेपालका लागि जापानी राजदूत प्रति हार्दिक आभार प्रकट गर्नु भयो । यसका साथै उहाँले आफ्नो नोकरीको दौरानमा आफ्नो लामो समय विदेशमा व्यतित गरेको र सम्बन्धित मुलुकहरुमा रहेका गैरआवासीय नेपालीहरुले सहयोग गरेको स्मरण गराउनु भयो । नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले नेपाल जापान मैत्री सम्बन्ध बारे जानकारी गराउनु भयो । उहाँले जापानले नेपाललाई जहिले पनि आपत विपत परेको बेला र सामान्यमा समयमा पनि नेपालको विविध क्षेत्रहरुको विकासको लागि सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि निरन्तर सहयोग गरिरहने जानकारी गराउनु भयो ।

 

किर्तीपुर नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत उद्धब प्रसाद रिजालले यस क्षेत्रले ऐतिहासिक महत्व धारण गरेको र यसको आफ्नो वेग्लै पहिचान भएको हुँदा यसलाई व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउनमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै निर्माणाधिन मञ्जुश्री मूर्तिको बारेमा पनि जानकारी गराउनु भयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको राजनीतिक अवस्थालाई स्थिर बनाई नेपालको समग्र क्षेत्रको विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ द्रुत गतिले अघि बढाउन आग्रह गर्नु भयो । साथै उहाँहरुले मुलुकलाई आर्थिक समृद्धी तर्फ लानको लागि गैरआवासीय नेपालीहरुसंग जहिले पनि सहकार्य गर्न तयार रहेको जानकारी गराउनु भयो ।

 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले नेपाल जापानको मैत्री सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले दुई देशवीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भयो । नेपालको पर्यटन क्षेत्रलाई अझ सुदृढ र व्यवस्थित बनाउनको लागि संघले एक समिति बनाई अतिथि देवो भवः कार्यक्रम संचालन गरेर विविध कार्यहरु गरिरहेको जानकारी गराउनु भयो । यसैगरी अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले संघले पर्यावरण क्षेत्रमा गरेक  गतिविधिहरुको चर्चा गर्दै आगमी अगष्ट महिनाको २७ र २८ मा अमेरीकाको न्युजर्सीमा आयोजना हुन लागेको संघको ९औं क्षेत्रीय सम्मेलन बारे जानकारी दिदं सहभागी सबैलाई सम्मेलनमा सहभागीताको लागि हार्दिक आमन्त्रण गर्नु भयो । कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक तथा बृक्षारोपण कार्यक्रमका समेत संयोजक किरण विक्रम थापाले कार्यक्रममा सहभागी हुन आउनु भएका प्रमुख अतिथि, विशेष अतिथि, नेपाली सेना शस्त्र प्रहरी दल, नेपाल प्रहरी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, वन कार्यालय, विभिन्न संघ संस्थाहरु, स्थानीय आमा समूह, महिला समूह, युवा समूह, बुद्धिजिवीहरु, समाज सेवी, आदिनाथ उच्च मा=वि र शुभकामना उच्च मा=वि, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु तथा प्रतिनिधिहरु, विभन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरु तथा संचारकर्मीहरु प्रति हार्दिक आभार प्रकट गर्नुका साथै यो अभियान निरन्तरता जारी रहने बताउँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो । कार्यक्रमको संचालन राष्ट्रिय समन्वय परिषद् जापानका महासचिव अनुज थापाले गर्नु भएको थियो ।  यस कार्यक्रमको दौरान प्रमुख अतिथि र विशेष अतिथिद्वारा आदिनाथ उच्च मा=वि र शुभकामना उच्च मा=विका छात्र र छात्राहरुलाई पुस्तक र स्टेशनरीका सामानहरु वितरण गरिएको थियो । उक्त कार्यक्रममा राजदूत पत्नी योको ओगावा, नेपाली सेना रथी बलदेव महत, जापानबाट प्रतिनिधित्व गर्नु हुने आईसिसि सदस्यद्वय कपिलदेव थापा र भूषण घिमिरे, राष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्षद्वय टंक गैरे र देवी लाल भण्डारी त्यसैगरी एनसिसि जापानका सल्लाहकारहरु चिरन्जिवि थापा, रोशन के=सी, लोकनाथ वस्ती र पूर्व उपाध्यक्ष केशर गिरी, एनसिसि मलेशियाका महासचिव सुन्दर आले र गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । यस सत्र पछि त्यहा स्थित काठमाडौं भ्यू कटेजमा एशिया प्रशान्त क्षेत्रको एक अनौपचारिक बैठक गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका संयोजक किरण विक्रम थापाको अध्यक्षतामा बसेको थियो । एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरण विक्रम थापाले सहभागीहरुको सम्मानमा जलपान तथा दिवा भोजको आयोजना गर्नु भएको थियो ।

 

रंजु वाग्ले थापा

प्रवक्ता

अन्तर्राष्ट्रिय समन्वय परिषद्

गैरआवासी नेपाली संघ ।

मितिः २०७३ असार ३ तद्अनुसार १८ जुन २०१६ शनिवार ।