News

  • Home
  • News
  • हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना

हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना



हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विभिन्न मुलुकहरुमा रहेका गैरआवासीय नेपालीहरु प्रभावित भएको यहाँहरुलाई अवगत नै छ ।  उहाँहरुले सामना  गर्नु भएका समस्याहरुलाई  सुनुवाई  गर्ने उदेश्यले  टेलिफोन हेल्पलाइन संचालन हुन लागेको सहर्ष जानकारी गराउन चाहान्छौँ । गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित सचिवालयबाट २४ सै घण्टा संचालन हुने सो सेवा  भोली १२ अप्रिल बाट शुरु हुनेछ । कोरोना महामारीका कारणले अलपत्र परेका नेपालीहरु, बैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीहरु लगायतले सो हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नु हुनेछ । भाईवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने छ।  सम्पर्क नम्बर यस प्रकार रहेको छ:
 ‌बिहान ६  देखि दिउँसो २  बजे सम्म: +९७७-९८४१-२८०००५
दिउँसो  २  बजे देखि राती १०  बजे सम्म: +९७७-९८०८-३१२५५५
राती १०  बजे देखी बिहान ६  बजे सम्म: +९७७-९८२३४५८२०४
आफ्ना समस्याहरु लिखितरुपमा फेसबुक (www.facebook.com/NRNAOfficial)  वा ईमेल (Help@nrna.org) बाट पनि राख्न सक्ने व्यवस्था गरिएको छ । यसअघि २४ सैं घण्टा स्वास्थ्य हेल्प लाइन संचालनमा ल्याएको छ ।
गैरआवासीय नेपाली संघ