News

  • Home
  • News
  • सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग

सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग



गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । धनगढीमा सोमबार आयोजित एक कार्यत्रममा संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अवसरमा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्य, लगायत एनआरएन अभियन्ताहरु सहभागी हुनुहुन्थ्यो ।

 

विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको छ । ‘मोबाइल ब्लड बस’ परियोजनामा सचिव गौरीराज जोशी संयोजक र आइसीसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक रहनुभएको छ । आधुनिक प्रविधि जडित बसभित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ । नेपालमा मानव कल्याणकारी योजनाअन्तर्गत यसअघि पनि एनआरएनएले पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ । नेपालका सातै प्रदेशमा यो सुविधा प्रदान संघको तयारी छ ।