News

  • Home
  • News
  • सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्नः

सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्नः



वैदेशिक रोजगारको सिलशिलामा चितवन निवसी श्री टोप बहादुर विक आज भन्दा ७ वर्ष अगाडी संयुक्त अरब इमिरेटस् जानुभई कार्य गरिरहनु भएको थियो । यसै क्रममा गन्तव्य मुलुक पुगेको २ वर्ष पछि घटना प्रकरणमा परेर उहाँले कारावास सजाय पाउनु भयो । आज भन्दा ५ महिना अगाडी कारवासबाट मुक्त भए पछि उहाँले जम्मा गर्नु पर्ने ब्लड मनि १ लाख दिर्हाम बुझाउन नसकेको कारण उहाँ अझै त्यही हुनुहुन्छ । ब्लडमनी बुझाए पछि मात्र उहाँ आफ्नो मुलुक फर्कन सक्नु हुने छ ।

उहाँको ब्लडमनी को लागि एनसिसि युएइले रकम जम्मा गरिरहेको छ । हाल सम्म ७३ हजार दिर्हाम प्रतिबद्धता आएको र सो रकम उठाउने कार्य भई रहेको छ ।यसै सन्दर्भमा आज गैरआवासीय नेपाली संघको सचिवालयमा अनिस प्रतिष्ठान संस्थाले रु ५ लाखको चेक उहाँको परिवारलाई हस्तान्तर गरेको छ । सो अवसमा संस्थाका महासचिवले संस्था बारे जानकारी दिदै वैदेशिक रोजगारमा गएर दुःख पाएका व्यक्तिलाई सहयोग गरिरहेको बताउनु भयो । यसरी सहयोग गरेकोमा विकका श्रीमतीले अनिस प्रतिष्ठान संस्था प्रति आभार प्रकट गर्नु भएको थियो ।

यस कार्यक्रममा संघ महासचिव डा. बद्री केसीले टोप बहादुर विकलाई सहयोग गर्नको लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सहयोगको लागि रु ३ लाख एनसिसि युएइले उपलब्ध गराएको खातामा जम्मा गरिदिने जानकारी गराउनु भयो । यसरी नै संघका उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारमा गएर दुःख पाएका नेपालीहरुलाई सक्दो सहयोग गरिरहेको बताउँदै सहयोग गरेकोमा अनिस प्रतिष्ठान संस्थालाई धन्यवाद दिदै यस कार्यमा संघ सहयोग र सहकार्य गर्ने बताउनु भयो ।
यस कार्यक्रममा संघका सचिव डिबि क्षेत्री लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थित रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।