News

  • Home
  • News
  • सम्झौंता पत्रमा हस्ताक्षर:

सम्झौंता पत्रमा हस्ताक्षर:



गैरआवासीय नेपाली संघले नेपालका विभिन्न जिल्लाहरुमा परोपकारी तथा सामाजिक कार्यहरु स्थापनाकाल देखीनै गर्दै आएको छ । यस अन्तर्गत संघले समय समयमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयरहरु एनसिसि जापानको सहयोगमा उपलब्ध गराउँदै आएको छ । संघको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एशिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले संघको स्थापनाकाल देखी नै जापानका विभिन्न संघ संस्थाहरुको सहयोगबाट ह्वील चेयरहरु नेपालल्याई हिड्न नसक्ने व्यक्तिहरुलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिरहनु भएको छ ।

 

 

 

हाल विभिन्न जिल्लाहरुमा हिडडुल गर्न नसक्नेहरुको ठूलो संख्या रहेको छ र उनीहरुलाई ह्वील चेयरको आवश्यक्ता रहेको छ । यसैलाई मध्य नजर गरेर नेपालमा हिड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन जापानको Sakura Wheel Chair Project, Mobility Device Kathmandu NePal र गैरआवासीय नेपाली संघ वीच आज एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा जापानको साकुरा ह्वील चेयर परियोजनाको तर्फबाट अध्यक्ष Saito Sho, Mobility Device Kathmandu, Nepal संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो सम्झौता पत्रमा परोपकारी तथा मानवकल्याण हित समिति एशिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गर्नु भएको थियो ।

 

 

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघका गितिविधिहरु बारे जानकारी गराउँदै ह्वील चेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजना प्रति आभार प्रकट गर्नु भयो । प्राप्त भएका ह्वीचेयरहरु Mobility Device Kathmandu, Nepal संग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरुलाई वितरण गरिने छ ।

परोपकारी तथा मानवकल्याण हित समिति
एशिया प्रशान्त क्षेत्र ।