News

  • Home
  • News
  • संघ द्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

संघ द्वारा स्वास्थ्य उपकरण हस्तान्तरण



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण

आज २१ मई २०२० का दिन  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउको सहयोगमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु केएन नाइन्टी फाइव मास्क १२००० थान, शु- कभर, २००० थान, चश्मा २००० थान र आइआर थर्मामिटर १९० थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज एक समारोह वीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो । यस समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको सहभागीता रहेको थियो ।

यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकोरिया र मकाउ प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ

२१ मई २०२०