News

  • Home
  • News
  • संघका पदाधिकारीहरुको राष्ट्रिय खेलकुद प्रतियोगताको उद्घाटन समारोहमा सहभागीताः

संघका पदाधिकारीहरुको राष्ट्रिय खेलकुद प्रतियोगताको उद्घाटन समारोहमा सहभागीताः



१४ अक्टोवर २०२२

गण्डकी प्रदेशको पोखरा रंगशालामा सम्पन्न भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापा, अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष यास्मिन वेगम, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, युवा संयोजक अब्दुल वासिद, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक पारसमणी पोखरेल, मध्यपूर्वका क्षेत्रीय संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), एशिया प्रशान्तका क्षेत्रीय सचिव प्रदिप न्यौपाने, आइसिसि सदस्य लक्ष्मण बानियाँ, मध्यपूर्व क्षेत्रका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, एनसिसि जापानका अध्यक्ष शिव पौडेल, एनसिसि हङ्कंगका अध्यक्ष गोकर्ण प्रसाद ढकाल, एनसिसि मलेशियाका अध्यक्ष विनोद वहादुर थापा, एनसिसि अष्ट्रेलियाका पूर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह, एनसिसि युएसका आजिवन सदस्य नारायण थापा, गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको सहभागीता रहेको थियो ।

साथै सहभागीहरुले उद्घाटन समारोहको मार्चपासमा भागलिएका थिए । यस प्रतियोगितामा गैरआवासीय नेपाली संघले विभागीय टोलीको रुपमा विभिन्न खेल विधामा सहभागीता जनाएको छ ।