News

  • Home
  • News
  • संघका पदाधिकारीहरुको माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग भेटघाटः

संघका पदाधिकारीहरुको माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग भेटघाटः



आज गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसंग भेटघाट गर्‍यो । सर्वप्रथम पदाधिकारीहरुले नवनियुक्त मन्त्रीज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।
सो भेटघाटमा डा. केसीले  गैरआवासीय नेपाली संघले स्थापनाकाल देखी नै वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न नेपाल सरकारलाई विभिन्न चरणहरुमा सल्लाह र सुझाव दिनुका साथै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्दे आएको अवगत गराउनु भयो । उहाँले वैदेशिक रोजगारका क्षेत्रसंग सम्बन्धित संघका प्रमुख उद्देश्यहरु, संघद्वारा नेपाल सरकार संग गरिएका पहलहरु, संघको राहत कोष, हाल सम्म संघले हासिल गरेका उपलब्धीहरु र भविष्यमा नेपाल सरकारले गर्नु पर्ने कार्यहरु बारे अवगत गराउनु भयो । यसरी नै संघका अन्य पदाधिकारीहरुले पनि वैदेशिक रोजगारमा देखिएका समस्याहरु बारे जानकारी गराउनु भएको थियो । उपाध्यक्ष डा. केसीले संघको सुझावहरु अनुसार वैदेशिक रोजगारका कतिपय विषयहरुमा नेपाल सरकारको नीति र प्रक्रियाहरुमा सुधार भएकोमा आभार समेत प्रकट गर्नु भयो । उहाँले सरकार र संघ वीचको सहकार्यलाई गति दिन एक संयुक्त कार्यदल गठन गर्नमा मन्त्रीज्यूलाई आग्रह गर्नु भयो ।
अन्त्यमा माननीय मन्त्रीज्यूले संघले वैदेशिक रोजगारका क्षेत्रमा संचालन गरेका गतिविधिहरुको प्रशंसा गर्दै भविष्यमा यस क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्यादित गर्नको लागि नेपाल सरकार सबै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनु भयो । संघले राखेका सुझावहरु आफूले अध्ययन गर्ने बताउँदै हाल देखा परेका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । उहाँले नेपालको सुरक्षा प्रणाली संग वैदेशिक रोजगारीमा गएकाहरुलाई जोड्नका लागि सहयोग गर्न संघ संग अनुरोध गर्नु भयो ।
यस भेटघाटकार्यक्रममा संघका उपाध्यक्षहरु डा. बद्री केसी, अर्जुन श्रेष्ठ र सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, आइसिसि सदस्य विश्वविक्रम राई, ओसेनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल लगायतको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।