News

  • Home
  • News
  • संघका अध्यक्षको कानुन, पर्यटन तथा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसंग भेटघाट

संघका अध्यक्षको कानुन, पर्यटन तथा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसंग भेटघाट



२०७२ कार्तिक ३० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कानून न्याय तथा संसदिय मामिला मन्त्री अग्नी खरेलसंग भेट गरी समसामयिक बिषयमा छलफल गर्नुभएको छ ।

 

सर्वप्रथम अध्यक्ष घलेले मन्त्री खरेलले संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न ठूलो सहयोग गरेका तथा यस बिषयमा निरन्तर लागेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट धन्यवाद दिनुभयो । राष्ट्रलाई आईपरेको एकपछि आर्को बिपत्तीमा गैरआवासीय नेपालीहरु मूखदर्शक भएर बस्न नसक्ने र भूकम्पका पीडितलाई संघले त्तकाल पुराएको राहत तथा दिर्घकालिन रुपमा पूराउने सहयोगबारे अध्यक्ष घलेले मन्त्री खरेललाई जानकारी गराउनु भयो । उहाँले अहिलेको असहज आपूर्ति व्यवस्थाले पुराएको र पुराउन सक्ने मानविय क्षेति न्यून गर्न संघले लिएको रणनीति तथा यस अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न संघ लिएको नीतिबारे अवगत गराउनु भयो । अध्यक्ष घलेले पुन:निर्माण कार्यमा भई रहेको ढिलाई प्रति मन्त्रीज्यूको ध्यानाकर्षण गर्दै छिटै पुन:निर्माण प्राधिकारण एनेको व्यवस्था गरी राष्ट्रलाई निकास दिन समेत अनुरोध गर्नु भयो । उहाँले संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्तिको कार्यान्वयन छिट्टै गरिदिन अनुरोध पनि गर्नु भयो । मन्त्री खरेलले गैरआवासीय नेपाली संघसंगको आफ्नो धेरै पूरानो मित्रता रहेको र नागरिकता निरन्तरताको बिषयमा धेरै पठक बैठकहरुमा भाग लिएको जानकारी गराउँदै संविधानले गैरआवासीय नेपालीहरुले माग गरे अनुसारकै नागरिकताको व्यवस्था गरेको वताउनु भयो । उहाँले अव बन्ने गैरआवासीय नेपाली नागकिता ऐनले यस बिषयमा घेरै बोल्ने तथा कुनै पनि नेपालीलाई नागरिकता बिहिन हुने अवस्था सृजना नगर्ने वताउँदै बिदेशी नागरिकता त्याग्ने बित्तिकै पहिलेको जस्तै नेपाली नागरिकता तुरुन्त प्राप्त गर्ने जानकारी समेत दिनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकताले प्राय जसो सबै अधिकारको व्यवस्था गरेको समेत औंलाउनु भयो । मन्त्री खरेलले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्नुको प्रमुख कारण बिदेशमा बिदेशी नागरिकता लिई अवसरको खोजिमा बसोवास गरिरहेका नेपालीहरुलाई मात्रिभूमिसंग जोडि राख्न र उहाँहरुको नेपाल प्रतिको आस्ता, प्रेम तथा सोचलाई अथावत राखि दोस्रो प्रस्ताका नेपाली मूलका बिदेशी नागरिकहरुलाई समेत नेपाल प्रति आकर्षित गर्नु रहेको वताउनु भयो । उहाँले यो संविधानले आमाको नागरिकताको आधारमा वंशज वा अंगिकृत नागरिकताको व्यवस्था गरेकोले नेपालमा मात्र नभई बिदेशमा समेत नेपाली आमाबाट जन्मेका बच्चाहरुले नागरिकता पाउनु पर्ने संघको माग समेत संवोधन गरेको अवगत गराउनु भयो । सो अवसरमा कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव भेषराज शर्माले गैरआवसीय नेपाली नागरिकता तथा संविधानले व्यवस्था गरेअनुसार ऐनमा परिवर्तन वा परिमार्जन गर्न पर्ने बिषयहरुको मन्त्रालयले सूची तयार गरिसकेको र यो सूची सम्बन्धित मन्त्रालयमा पठाई सोही अनुसार कानून परिर्माजन वा निर्माण गरिने जानकारी गराउँदै गैरआवसीय नेपाली नागरिकताको बिषयको अब संवोधन गृह मन्त्रालयबाट शुरु हुने जानकारी समेत दिनु भयो ।

 

संघका अध्यक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसंग भेट

सोही दिन अध्यक्ष घलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आन्नदप्रसाद पोखरेलसंग भेट गरी यस महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएकोमा बधाई तथा शुभकामना दिनु भयो । उहाँले  मन्त्रीज्यूलाई संघका कृयाकलाप तथा उदेश्यहरु बारे अवगत गराउँदै पर्यटन तथा नेपाली संसकृति प्रवद्र्धनमा संघले पुराउँदै आएको योगदान बारे जानकारी गराउनु भयो । विश्वभर रहेका गैरआवासीय नेपालीहरुको चहाना र माग अनुसार भारतीय नाकाबन्दीका कारण देशमा आई परेको बिषम् परिस्थिति र यसले निम्त्याएका मानविय समस्याहरु न्यूनिकरण गर्न संघले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको तथा जिवनरक्षाको लागि अतिआवश्यक औषधीहरु नेपाल सरकारले दिएको सूची अनुसार हवाई मार्गबाट आयात गरी अतिआवश्यक स्थानहरुमा नेपाल सरकारसंगको सहकार्यमा उपलब्ध गराईने जानकारी दिनु भयो ।  उहाँ संघले निर्माण गर्न लागेको १ हजार घरको परियोजना मार्फत त्यस क्षेत्रका बासीन्दाहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख गर्दै उद्ययमशिलताको बिकास गरी स्वाबलम्ब समाजको निर्माण गर्न परियोजना कृयाशिल हुने वताउनु भयो ।  अध्यक्ष घलेले केहि महिनादेखि देशले भोग्नु परेका बिष्म परिस्थितिहरुले गर्दा पर्यटन क्षेत्रमा निकै असर परेको र यस क्षेत्रमा भएका लगानीहरु निकै प्रभावित भएकोले समयमै त्यस तर्फ राज्यको ध्यान जान जरुरी भएको र सरकारले दिर्घकालिन राहतको प्याकेजहरु ल्याई लागानीहरु आकर्षण गर्न पर्ने सुझाव दिनु भयो ।

 

 

मन्त्रीज्यूले सवप्रर्थम संघप्रति आभार प्रकट गर्नुभयो । गैरआवासीय नेपाली संघको स्थापनाले विश्वभर रहेका नेपालीहरुलाई एकाताबद्ध भई आफ्ना दु:खसुख एक आपसमा बाँड्न तथा समग्रमा बिदेश तथा स्वदेशमा समृद्ध नेपाली समाज निर्माणमा सहभागी हुने अवसर प्रदान गरेको आफ्नो बुझाई रहेको वताउनु भयो । उहाँले संघले भूकम्पताका गरेका उद्धारको आफू प्रत्यक्ष दर्शक भएको र संघले दोलखामा गरेको राहत वितरणमा संघका पदाधिकारीहरुलाई स्वगत तथा धन्यवाद दिन आफू स्वयम उपस्थित रहेको वताउँदै १ हजार घर निर्माण गर्ने संघको योजना स्वागत योग्य तथा प्रशंसंनिय भएको बताउनु भयो । संविधान निर्माणपछि राष्ट्र निर्माणमा अग्रसर हुन पर्ने हाम्रो मूलूक यस अकल्पनिय र औचित्यहिन अवस्थामा अल्झीन पुगेकोमा आफू निकै दुखी भएको र यो परिस्थितिले भूपरिबेष्टित राष्ट्रहरुको स्थलमार्ग मात्र नभई हवाई माग समेत चूस्त हुन पर्ने पाठ सिकाएको वताउँदै आफू त्यस मन्त्रालयको मन्त्री भएकोले यस कार्यलाई प्रथामिक्तामा राखी द्रुद गतिमा काम गर्ने योजना वनाउको वताउनु भयो ।  मन्त्री पोखरेलले पर्यटन बिकासको लागि भएका बस्तुहरुमा मात्र भर नगरी नयाँ बस्तुहरुको पहिचान गरी बिकास गर्न पर्ने तथा पर्यटकहरुको नेपाल वसाई लम्बाउन आवश्यक सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्नु भयो ।

 

संघका अध्यक्षले विभिन्न कूटनीतिक नियोगका प्रमुखहरु संग भेट

अध्यक्ष शेष घलेले युरोपियन युनियन, इजराईल तथा साउदी अरवका राजदूतहरुसंग भेट गरी समसामयिक बिषयहरुमा बिचारबिमर्ष गर्नु भयो । उहाँ विश्वभर फैलिएर रहेका नेपालीहरुले आफू बसोबास गर्ने राष्ट्रहरुमा खेलेका भूमिका तथा आफ्नो मात्रिभूभिलाई पूराएको सहयोगहरु बारे अवगत गराउँदै सहकार्यका के कस्ता अवसरहरु हुन सक्छन् भन्नेबारे छलफल गर्नु भयो । अध्यक्ष घलेले सो अवसरमा संघको पुन:निर्माणको योजनाहरु बारे जानकारी गराउँदै हाल देशमा देखिएको यस अष्हज परिस्थितिले निम्त्याएका मानविय समस्याहरु तथा पुन:निर्माणमा यसको असर बारे बिचारबिमर्ष गर्दै पुन:निर्माणमा सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो । उहाँले साउदी अरवका राजदूतसंग नेपाली श्रमिकहरुका बारेमा थप छलफल गरी सरलकृत, सुरक्षित तथा मर्यादित श्रम गन्तव्य बनाउन दुतावास तथा साउदी सरकारसंग संघ सहकार्य गर्न तयार रहेको समेत अवगत गराउनु भयो । गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।

मिति: २०७२ मंसिर ४ गते