News

  • Home
  • News
  • श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री संग भेटघाट

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री संग भेटघाट



आज संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष सोनाम लामा र बहराइनका पूर्व अध्यक्ष श्याम तामांग र प्रमुख कार्यकारी अधिकृतले माननीय श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग भेटघाट गर्नु भयो । मुख्यताय तल उल्लेख गरिएको विषयमा छलफल भयो । संघले राखेका कुरामा उहाँ सकारात्मक देखिनु भएको छ । हाललाइ गन्तब्य मुलुकमा जीवन यापन गर्न सारै समस्या परेकालाइ तत्काल राहत पुर्याउने र त्यसपछि परिस्थिति सहज भएमा नेपाल आउ चाहने श्रमिकहरुलाइ उद्दार गरी नेपाली फर्काउने बारे जानकारी दिनु भयो । उहाँले यस बारेमा Brief Action Plan सहितको प्रस्ताव लिएर आउनको लागि सुझाव दिनु भयो ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा गएका र हाल नेपाल फर्कन चाहने व्यक्तिहरुका सम्बन्धमा गैरआवासीय नेपाली संघको अनुरोध
कोरोना भाईरस विश्वव्यापी महामारीका रुपम फैलिसकेको छ । विश्वका धैरै जसो मुलुकहरु हाल लक डाउनको स्थितिमा छन् । अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् र कतिपय व्यापार व्यवसाय ठप्प भएका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर वापसी पर्खेर बसेका छन् । यसका अतिरिक्त नेपाली श्रमिकहरु काम गर्ने कंपनीहरु बन्द हुंदा कतिपयको रोजगार गुमेको छ र तुरुन्तै अर्काे काम पाउने अवस्था पनि छैन् । कतिपय नेपालीहरु ति मुलुकमा तिनको कानुन अनुसार गैर कानुनी रुपमा रहेको त्यस्ता गैरकानुनी कामदारहरुलाई कुवेत, बहराईन लगायतका मुलुकले बिना सजाय घर फर्कने मौकाको सूचना समेत प्रवाह गरेका छन् । हालको अवस्थामा एका तर्फ विदेशमा रहेका कतिपय नेपाली कामदारहरुलाई खाने बस्ने समस्या आईसकेको छ भने नेपालले विदेशबाट जो कसैलाई आउन नदिने नीति लिए पछि  आफ्नो मुलुक समेत फर्कन नपाई भौकै मर्नु पर्ने स्थिति सिर्जना हुन थालेको छ ।
गैरआवासीय नेपाली संघका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्हरुले संकटमा परेका आफ्ना देशका नागरिकहरुलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा संकलन गरी संकटमा परेकाहरुलाई खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गरि रहेका छन् । तर सिमित साधन श्रोत र हाल धैरै व्यवसाय बन्द हुंदा श्रोत संकलन गर्ने क्षमता समेत धेरै कम हुंदै गएको छ । यस्तो अवस्थामा नेपाल सरकार बाट श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी कल्याणकारी कोषको समेत प्रयोग गरी निम्न कार्यहरु हुन उपयुक्त ठान्दछौं ।
१.     अप्ठेरोमा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुको हकमा राज्यले कुनै न कुनै उपाय गरी नेपाल फर्काउने बातावरण बनाईयोस । नेपाल फर्के पश्चात अनिवार्य रुपमा निश्चित समय कवारेन्टाईन र सेल्फ आईसोलेसनमा बस्ने व्यवस्था गर्दै आफ्ना नागरिकहरु प्रतिको दायित्वबाट सरकार विचलित नहोस ।
२.     हाल खाना बस्न कै समस्या भोग्नेहरुका लागि गैरआवासीय नेपाली संघ र त्यहां अवस्थित नेपाली नियोगहरुको समेतको समन्वयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाईयोस । सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न संघ तयार रहेको छ ।
३.     विदेशबाट फर्कनेहरुलाई नेपालमा पुनरस्थापना गर्न र उनीहरुलाई रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याईयोस । विदेशबाट फर्कनेहरुको सिपको विवरण संकलन गरी त्यो सिप नेपालमा प्रयोग गर्ने गरी सिप बैंकको स्थापना गरियोस र यसको विवरण नेपाली उद्यमी व्यवसायीहरुलाई उपलब्ध गराईयोस ।
४.     विदेशमा जानेले सिकेको सिपका आधारमा आफ्नै व्यवसाय सुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनिहरुलाई सहज र सस्तो व्याजमा ऋण पाउने व्यवस्था गरियोस ।
५.     विदेशबाट फर्केकाहरुलाई प्रमुख त कृषिको आधुनिकिकरणको क्षेत्रमा प्रयोग गर्ने नीति लिईयोस यसले एका तर्फ नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्दै जाने छ र अर्काे तर्फ खेतीयोग्य जग्गा बाझो राख्ने प्रवित्ति समेत घट्ने छ ।
६.     विदेशबाट फर्कनेहरुले ठूलो मनोवैज्ञानिक त्रासदी समेत बाट पीडित हुनसक्ने हुनाले फर्कना साथ आईसोलेसनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था होस र उनीहरुलाई नयां उद्योग व्यवसाय सुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था गरियोस ।
अहिलेको अवस्थालाई संकटका रुपमा मात्र नहेरी एक अवसरका रुपमा प्रयोग गरियोस । अन्नत मुलुक समृद्ध विदेशमा गएर रोजगारी गरेर हुदैन, मुलुक भित्र नै राम्रा रोजगारीका अवसर सिर्जना गरेर मात्र संभव छ ।
गैरआवासीय नेपाली संघ ।