News

  • Home
  • News
  • वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न :

वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न :



२०२० मार्च ३ का दिन वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाउने सम्बन्धमा एक बैठकको आयोजना गरियो । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा निम्न मुख्य विषयहरु माथि छलफल भएको थियो ।
१.     वैदेशिक रोजगारीको क्षेत्रमा हाल  देखिएका समस्याहरु ।
२.    वैदेशिक रोजगारीमा भएका समस्याका समाधानका गैरआवासीय नेपाली संघको भूमिका ।
३.    वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोग ।
४.    वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा।
५.    संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरु ।
यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आ-आफ्ना धारणा व्यक्त गर्नु भएको थियो । उपस्थित विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा हार्दिक धन्यवाद प्रकट गर्नु हुदै वैदेशिक रोजगारी सम्बन्धि आफ्ना धाराणाहरु राख्नु भएको थियो । उहाँहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गर्नु भयो । साथै उहाँहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघलाइ अनुरोध गर्न भयो ।
संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिनु भएको थियो । साथै उहांले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणा पत्र बनाउन गईरहेको बारे जानकारी दिदै राय सुझावहरु दिनको लागि अनुरोध गर्नु भयो ।
माथिका उल्लेखित विषयहरु बाहेक बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गंभिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध गर्नु भयो ।
यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश :  डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
सचिवालय,
गैरआवासीय नेपाली संघ ।