News

  • Home
  • News
  • विश्वव्यापी रुपमा कोरोना संक्रमण भएका नेपालीहरु बारे जानकारीः

विश्वव्यापी रुपमा कोरोना संक्रमण भएका नेपालीहरु बारे जानकारीः



विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९० बाट हिजो शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर करीव १,१६६ गैरआवासीय नेपाली हाल सम्म कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ तथा चिकित्सक समूहले तयार पारेको आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेका छन ।
नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा चार चार, क्यानडा र मलेसियामा तीन तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मार र हंकंमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, राष्ट्रिय समन्वय परिषदहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर यो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना राष्ट्रिय समन्वय परिषदहरुलाई परिचालन गरेको छ ।
गैरआवासीय नेपाली संघ ।