News

  • Home
  • News
  • विपद व्यवस्थापन तालिम सम्पन्न

विपद व्यवस्थापन तालिम सम्पन्न



गैरआवासीय नेपाली संघ युवा फोरमको सक्रियता र गैरआवासीय नेपाली संघको आयोजनामा युवाहरुमा स्वयंसेवाको भावनाको विकाससंगै विपद व्यवस्थापन सम्बन्धि ज्ञान प्रदान गर्ने उद्देश्यका साथ एकदिने विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ | काठमाडौँ स्थित विभिन्न शैक्षिक संस्थामा स्नातक एवं स्नातकोत्तर तहमा अध्ययनरत ६० जना विद्यार्थीले तालिममा भाग लिएका थिए | तालिममा नेपालमा विपद व्यवस्थापनको अवस्था,  संयुक्त राष्ट्रसंघीय मानवीयता सम्बन्धि सिद्धान्तहरु, संरक्षण सिद्धान्तहरु, विपदका बेला अपनाउ पर्ने न्युनतम मापदण्डहरु तथा विपदका बेला मानवीय कार्यमा खटिने स्वयंसेवक/संस्थाले पालना गर्नु पर्ने नियमहरु विषयमा प्रशिक्षण प्रदान गरिएको थियो | विपदमा खटिने स्वयंसेवकले विपद भएको स्थानबाट क्षति लगायत अन्य विवरणहरु सहितको तथ्यांक संकलन गर्ने विधि तथा आकस्मिक मुल्यांकन प्रतिवेदन तयार गर्ने विधि बारे समेत प्रशिक्षण प्रदान गरिएको थियो | तालिममा सहभागी प्रशिक्षार्थीहरुले आगामी दिनमा गैर-आवासीय नेपाली संघले संचालन गर्ने विपद संग जोडिने विभिन्न गतिविधिमा स्वयंसेवकको रुपमा सेवा प्रदान गर्नेछन | साथै तालिममा भागलिएका प्रशिक्षार्थीहरुले आफ्नो जिल्लाको “विपद साक्षरता” (Disaster Literacy) सम्बन्धमा सर्वेक्षण गरि ती जिल्लाहरुमा विपद सम्बन्धमा नागरिकहरुको चेतनाको मुल्यांकन सहितको प्रतिवेदन तयार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

 
स्मरण रहोस गैरआवासीय नेपाली संघले विगतमा विपदको अवस्थामा स्वयंसेवक परिचालन र राहत वितरण गर्ने गरेको तर तालिम प्राप्त स्वयंमसेवकको खाँचोको अनुभूति गरिने गरिएको थियो । नेपालमा तालिम प्राप्त स्वयंमसेवकहरुको समूह खडा गर्न सके विपद व्यवस्थापन सहज हुने सहजै अनुमान गर्न सकिन्छ ।
 

गैरअवासीय नेपाली संघ ।