News

  • Home
  • News
  • लाप्राक भ्रमणः

लाप्राक भ्रमणः



गैरआवासीय नेपाली संघ र नेपाली सेनाको टोलीद्वारा संयुक्त रुपमा लाप्राक नमूना बस्तीको निरक्षणः
 
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाली सेनाका मध्यमाञ्चलका प्रितनापतिद्वारा संयुक्त रुपमा निर्माणाधिन लाप्राक नमूना बस्तीको निरक्षण गर्नु भयो ।यस अवसरमा संघका तर्फवाट नियुक्त परियोजना निर्देशक किच चित्रकारले हाल सम्म भएको प्रगति विवरण प्रस्तुत गर्दै निर्माण कार्यमा भोग्नु परेका चुनौतिहरुबारे अवगत गराउनु भयो । उहाँले अब आउने दुई महिना मात्र इंटा निर्माण गर्न सकिने भएकोले त्यस तर्फ सजग रहन अनुरोध गर्दै इंटा उत्पादन गर्न माटो प्राप्त गर्ने समस्या छिट्टै समाधान गर्न पर्ने र यसको लागि जिल्ला वन कार्यालयलाई घचघचाउन पर्ने वताउनु भयो । परियोजना निर्देशकले नेपाली सेना समक्ष थप जनशक्तिको लागि अनुरोध गर्नु भयो ।
 
 
अध्यक्ष भट्टले बस्ती निर्माणमा नेपाली सेनाले पुर्याएको सहयोगको लागि धन्यवाद दिंदै संघ छिट्टै यस कार्य सम्पन्न गर्न तदारुक रहेको र यसमा सेनाको आवश्यक सहयोगको लागि अनुरोध गर्दै निर्माण कार्य छिटो सम्पन्न गर्न सेनाको तर्फवाट सुझाव समेत माग गर्नु भयो ।
सो अवसरमा नेपाली सेनाका मध्यमाञ्चलका प्रितनापतिले संघसंग सहकार्य गर्दै यस राष्ट्रिय अभियानमा सहभागी हुन पाएकोमा संघलाई धन्यवाद दिंदै छिटो भन्दा छिटो परियोजना सम्पन्न गर्न पर्नेमा जोड दिनु भयो । उहाँले यो एउटा राष्ट्रिय अभियान भएकोले यस कार्यमा सबैले सहयोग गर्नु पर्ने र कुनै क्षेत्रबाट बाधाव्यवधान आएमा त्यसलाई फुकाउन नेपाली सेनाले पनि सहयोग गर्ने वताउनु भयो ।
नेपाली सेनाका तर्फबाट यस परियोजनालाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ भनि लिखित सुझाव पठाईने जानकारी दिंदै जनशक्ती थप गर्न नेपाली सेना तयार रहेको जानकारी दिनु भयो ।
भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद् ।
 
५ नोभेम्वर २०१७ ।