News

  • Home
  • News
  • लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन भ्रमण सम्पन्न :

लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन भ्रमण सम्पन्न :



गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनाम लाम संग गएको एक टोलिले २४ र २५ मार्च २०२१ का दिन लाप्राक नमूना वस्तीमा भएका निर्माण सम्बन्धि कामहरुको अवलोकन गरेको छ । परियोजनामा भएका कार्यहरुको प्रगती बारे परियोजनामा कार्यरत कर्मचारीहरु, लाभग्राहीहरु र सरोकारवालाहरु संग भेट गरी जानकारी लिईयो । लाप्राक नमूना वस्तीमा बांकी रहेका कामहरु यही चैत्रको अन्तिममा सकिएर सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने छ ।  सबै घरहरुको छाना एकरुपको रहने भएको छ । तसर्थ उक्त वस्तीको हस्तान्तरण यही आउने २०७८ बैशाख १२ गते हुने तय भएको छ । यसका लागि आवश्यक कार्यहरु भईरहेको बारे संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिनु भयो ।

साथै उक्त टोलिले वस्ती निर्माण गर्नमा सहयोग गर्नु हुने गैरआवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकम सहितको शिलापत्र राख्ने स्थान अवलोकन गरी उक्त शिलापत्र राख्ने स्थानको निर्धारण गर्ने काम समेत वडा तथा गाउंपालिकाको सहमतिमा तय गरिएको छ ।

पुरानो वस्ती 

शिलापत्र राख्ने स्थान

यसै गरी उक्त टोलीले लाप्राक गाउंपालिकाका अध्यक्ष, वडाका अध्यक्ष र अन्य सरकोकारवालाहरु संग भेटगरी वस्तीका निर्माण कार्य बारे र वस्ती हस्तान्तरण पछि स्थानीयले गर्नु पर्ने काम बारेमा समेत छलफल गरेको थियो ।

यस भ्रमण टोलीमा जर्मनीका आईसिसि सदस्य टंक लम्साल र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेका थियो ।

 

गैरआवासीय नेपाली संघ

सचिावलय

मितिः २५ मार्च २०२१