News

  • Home
  • News
  • राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउवाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण

राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउवाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण



नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया चीन र मकाउको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा संकलित रकम बाट खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु आज एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरियो ।  उक्त सामाग्रीमा  पिपिइ, के एन नाइन्टि फाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मामिटर, पंजाहरुका साथै अन्य स्वास्थ्य सम्बन्धी सामाग्रीहरु रहेका छन् ।

 

 

उक्त सामाग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, संघका एसिया प्रशान्त क्षेत्रिय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द), राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदिप न्यौपाने लगायत  एनसिसि चीन र कोरिया प्रतिनिधिहरु र संघको सचिवालयको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ