News

  • Home
  • News
  • राष्ट्रिय समन्वय परिषद् मकाउद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग

राष्ट्रिय समन्वय परिषद् मकाउद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग



२०७२ जेष्ठ ८ गते राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष सुदर्शन थापा मगरद्वारा भूकम्प पिडितका लागी ४० लाख सहयोग संघका अध्यक्ष शषे घलेलाई हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा सुदर्शन थापा मगरले यो रकम संकलन गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुले धेरै मेहनत गरेका जानकारी गराउँदै सहयोग गर्ने व्यक्ती तथा संघसंस्थाहरुलाई धन्यवाद दिनु भयो ।

 

संघका अध्यक्षले राष्ट्रिय समन्वय परिषद् मकाउको यस सहयोगले सम्पूर्ण गैरआवसीय नेपालीहरुको मनोवल बढेको र जिम्मेवारी थप भएको वताउनु भयो । यस सहयोगले भूकम्पमा घरवार गुमाएका कम्तिमा १५ परिवारहरुका लागी घर निर्माण गर्न सहयोग गर्ने बिश्वास व्यक्त गर्नु भयो ।

 

मकाउ जस्तो सानो राष्ट्रिय समन्वय परिषद्वाट यति धेरै रुकम जम्मा हुनु गैरआवासीय नेपालीहरुको आफ्नो मात्रिभूमि प्रतिको आस्था तथा नेपालीका लागी नेपाली भन्ने संघको मूल मन्त्रको मर्म अनुरुप भएको जनाउनु भयो । उहाँले सहयोग गर्ने सम्पूण गैरआवसीय नेपाली तथा संघसंस्थाहरु प्रति आभार प्रकट गर्दै यस रकम नितान्त आवश्यक गर्ने समुदायले प्राप्त गर्ने वातउनु भयो ।

 

गैरआवसीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।