News

  • Home
  • News
  • राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा अठ्ठाईस लाख सहयोग

राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा अठ्ठाईस लाख सहयोग



रआवासीय नेपाली संघका अध्यक्षलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् कोरियाका सदस्य के.पि.सिटौलाले रु. २८ लाख हस्तान्तरण गर्नु भयो । सहयोग रकम प्राप्त गर्दै संघका अध्यक्षले रकम भूकम्प पीडितको उद्दारमा खर्च गरिने र प्रत्येक रुपियाँको सदुपयोग गरिने वताउनु भयो । यस रकम जुटाउन सहयोग गर्ने सम्पूर्ण कोरिया बासी गैरआवासीय नेपाली तथा कोरियालीहरुलाई धन्यवाद व्यक्त गर्दै यो राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सहयोगको शूरुवात मात्रै भएको र एन.सि.सि. कोरियाको सहयोगमा ठूलठूला प्रोजेक्टहरु गर्न सिकिने आशा लिएको वताउनु भयो । रकम हस्तान्तरण गर्दै आइ. सि. सि. सदस्य के.पि.सिटौलाले हस्तान्तरित रकम मध्ये रु १ लाख उहाँ आफैंले जम्मा गरेको तथा बाँकी रकम कोरियामा रहेका गैरअवासीय नेपालीहरु तथा नेपाललाई मायाँ गर्ने कोरियालीहरुबाट संकलन गरिएको जनाउनु भयो ।

 

गैरआवासीय नेपाली संघको प्रथम चरणको राहत वितरण कार्य एकदमै सफल भएको र यसले कोरिया बासी नेपाली तथा कोरियालीहरुलाई प्रेरणा दिंदै राहत संकलनमा उर्जा थपेको जनाउनु भयो । कोरियामा रहेका संघसंस्थाहरु तथा कोरियाली सरकारले व्यक्तिगत घरमा लगानी गर्न इच्छा व्यक्त नगरेको तथा सामूहिक कार्य जस्तै स्कूल तथा स्वास्थ चौकीहरुमा सहयोग गर्न इच्छा व्यक्त गरेको जानकारी गराउँदै संघको पहल र नेतृत्वमा यस्ता कार्यहरुमा सहभागी हुन सकिने जानकारी गराउनु भयो । भूकम्प पीडितहरुका लागि एउटा नमूनाको विकास कार्य गर्न सकेमा भविष्यमा नेपालाई मायाँ गर्ने कोरियाीहरुलाई नेपाल आईरहने बाटो खुल्नुको साथै नेपाललाई थप सहयोग प्राप्त गर्ने  अवसर समेत मिल्लने वताउनु भयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय,

काठमाण्डौं ।

मिति: १२ जुन, २०७२ ।