News

  • Home
  • News
  • राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधि र गैरआवासीय नेपाली संघका पदाधिकारी वीच छलफल

राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधि र गैरआवासीय नेपाली संघका पदाधिकारी वीच छलफल



२० अक्टोवर २०२२

राष्ट्रिय बाल अधिकारी परिषद्का प्रतिनिधि र गैरआवासीय नेपाली संघका पदाधिकारी वीच नेपालमा रहेका असहाय तथा सडक बालबालिकाहरुलाई कसरी व्यवस्थापन गर्ने सन्दर्भमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको थियो । यस विषयमा परिषदका सदस्य सचिव इन्द्र देवी ढकालले गैरआवासीय नेपाली संघले नेपालमा गरेको कार्यको प्रशंसा गर्दै दीर्घकालीन रुपमा सहकार्य गरेर अघि बढ्न आग्रह गर्नु भयो । उहाँले नेपालमा सडक बालबालिका तथा असहाय र अनाथ बालबालिकाको अवस्था र सेवा दयनिय भएको र आफुहरु यसलाई कसरी बाल सडक मुक्त बनाउने र उनीहरुको भविष्य सुनिश्चित गर्ने कुरामा चिन्तित रहेको बताउनु भयो । श्रोत र साधन प्रयाप्त नभएकोले गैरआवासीय नेपाली संघ संग सम्झौता गरेर कार्य गर्न सडक बालबिका मुक्त अभियान, आधारभूत आवश्यक्ता र क्षमता विकास कार्यक्रम सम्बन्धी ३ बुँदे प्रस्ताव पेश गर्नु भयो ।

यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले संघको सोच पनि सोही दिशामा केन्द्रित भएको र आवश्यक छलफल गरी कसरी दिगो कार्य गर्ने बारे सुनिश्चित गरिने बताउनु भयो ।

यस कार्यक्रममा राष्ट्रिय बाल अधिकारी परिषद्का प्रतिनिधिहरुऽ गैरआवासीय नेपाली संघका महिला सचिव राधिका गुरुङ्, सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको सहभागीता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ ।