News

  • Home
  • News
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावाली संग भेटघाटः

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावाली संग भेटघाटः



मिति २२ अक्टोवरका दिन गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावाली तथा पदाधिकारीहरु संग भेट गरी संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती सम्बन्धमा छलफल गर्यो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । उले संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु¥याउन हुने सम्पूर्ण सहयोगदाताहरु प्रति प्राधिकरणको तर्फबाट धन्यवाद व्यक्त गर्दै निर्माण कार्य लाभग्राहिहरुलाई हस्तान्तरण गर्न संघका निवर्तमान कार्यसमितिसंग भएको सम्झौता बारे अवगत गराउनु भयो ।
उहाले संघले निर्माण गर्न जिम्मा लिएको आवासहरुको निर्माण अन्तिम चरणमा पुगेको भएता पनि केहि कार्य बाकि रहेकाले प्राधिकारण, गाउपालिका र संघको संयुक्त प्रतिनिधित्व हुने गरी एक प्राविधिक टोली गठन गरी सो टोली मार्फत आवास तथा शौचालय निर्माणको बाकी लागत अनुमान गरी सो वापतको रकम गाउ“पालिकाको खातामा संघले जम्मा गरी गाउपालिका मार्फत सो काम गराउने र बाकी पूर्वाधारहरुको लागत समेत तयार गरी सो कार्यको लागि संघ, गाउपालिका र प्राधिकरणले कति रकम विनियोजन गर्न सक्छ भनि निरक्यौल गरी सोहि बमोजिम गर्ने सकिने वताउनु भयो ।
संघका अध्यक्ष कुमार पन्तले बस्ती निर्माणमा प्राधिकरणको धैर्यता र सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो र विश्वभरिबाट दाताहरुको सहयोगबाट निर्माण गरिएको वस्ती अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । बस्तीका लाभग्राहिहरुलाई आगामी दिनमा संघले के कस्तो सहयोगहरु गर्न सक्छ भनि संघले संधै चिन्तन गर्ने र सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।
भेटघाट कार्यक्रममा संघका उपध्यक्ष डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।