News

  • Home
  • News
  • राष्ट्रिय धान दिवस २०७५ को अवसरमा गैरआवासीय नेपाली संघद्वारा रोपाइ कार्यक्रम सम्पन्नः

राष्ट्रिय धान दिवस २०७५ को अवसरमा गैरआवासीय नेपाली संघद्वारा रोपाइ कार्यक्रम सम्पन्नः



असार १५ तथा राष्ट्रिय धान दिवसका अवसरमा गैरआवासीय नेपाली संघ कृषि प्रबर्द्धन उपसमितिको आयोजनामा करीव १५० जना सहभागीहरुको उपस्थितिमा बनेपा १२ स्थित कोटथुम्कामा रोपाई कार्यक्रम गरियो ।
कार्यक्रममा सहभागीहरुले हिलो खेलेर, हिलोमा दौड प्रतियोगिता गरेर तथा धान रोपेर रोपाई कार्यक्रम मनाए । कार्यक्रमका अवसरमा संघका सहकोषाध्यक्ष सोम सापकोटाले संघका तर्फबाट सम्पुर्ण नेपाली किसानहरुलाई राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो । उहाँका अनुसार धानले नेपालको सम्पूर्ण कृषि जगतको प्रतिनिधित्व गर्ने र गैरआवासीय नेपालीहरुले नेपाली कृषिको अभिमुखीकरणमा उल्लेख्य भूमिका खेल्न सक्ने धारणा राख्नु भयो ।उपसमितिका संयोजक युवराज गुरुङ्गले यस्ता कार्यक्रम मार्फत नेपालको कृषि सभ्यता, संस्कृति जोगाई राख्न र पर्यटनको प्रबर्द्धनमा सहयोग पुग्ने भनाई व्यक्त गर्नु भयो । कार्यक्रमको अवसरमा असार १५ का दिन परम्परागत रुपमा चलि आएको दही चिउरा सहभभागीहरुलाई खुवाइएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख, काभ्रे जिल्ला उद्योग वाणिज्य संघ पूर्वा अध्यक्ष, महासचिव, मानवअधिकारवादी, बनेपा नगरपालिका १२ का वडाध्यक्ष, विश्व साईकल यात्री पुष्कर शाह, विदेशी पर्यटकहरु, लक्ष्मी प्रतिष्ठानका पदाधिकारीहरु, संचार कर्मीहरु,  संघका तर्फबाट कृषि प्रबर्द्धन उपसमितिका संयोजक युवराज गुरुङ्ग, उपसंयोजक कपिलदेव थापा लगायत सचिवालयका कर्मचारीहरु र स्थानीय समुदाय एवं संचारकर्मीहरुको उपस्थिति थियो।
गैरआवासीय नेपाली संघ ।