News

  • Home
  • News
  • यूवाहरुका लागि पृथक कार्यक्रमको शुरुवात

यूवाहरुका लागि पृथक कार्यक्रमको शुरुवात



एउटा पृथक अनि छुट्टै शैलीमा अष्ट्रेलियाको सिड्नीमा १६ जना यूवा प्रतिभाहरुको सम्मान गरीएको छ । एनआरएनए आईसीसी यूवा उपसंयोजक कृष्ण गिरीद्धारा प्रकाशीत ‘द नेपाली भिजन अष्ट्रेलिया’ मासिक पत्रिका र अनलाइन न्यूज पोर्टलद्धारा आयोजित सम्मान कार्यक्रम यूवाहरुका लागि एक उदारणिय कार्य शिद्ध भएको छ । १६ महिना अघि देखि अष्ट्रेलियाको नेपाली समुदायका खेलकूद, शिक्षा, साहित्य, गायन, नृत्य क्षेत्र लगायतमा भएका प्रतिभावान यूवाहरुलाई प्रत्येक महिना सम्मान स्वोरुप ‘यूथ अफ द मन्थ’ को उपाधिवाट सम्मानित गर्ने संस्कारको शुरुवात गरीएको थियो । तिनै यूवाहरुको सम्मानका लागि नेपाली भिजन नाईट २०१४ नाम दिएर कार्यक्रम सम्पन्न गरीएको हो । महिना भरिको सेलीब्रेटी बनाएर संसार भरिका मानिस बीच उनीहरुलाई प्रस्तुत गरि नेपाली समाज प्रति उनिहरुलाई जिम्मेवार बनाई नेपाल र नेपालीको पहिचान तथा राष्ट्रका लागि केहि योगदान गरुन भनेर सो समारोह आयोजना गरीएको थियो । १७ मे, शनिवारका दिन साँझ ६ बजे देखि ११ बजे सम्म सिड्नीमा आयोजित सो कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष शेष घले प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम् रुद्र कुमार नेपाल र अष्ट्रेलियन सरकारका सिनेटर सेम डेष्टरी बिशेष अतिथि रहनु भएको थियो भने एनआरएनए आईसीसी सचिब रन्जु वाग्ले, प्रवक्ता मन केसी, प्याट्रन इन्द्रा वन, ओशियाना संयोजक बिष्णु हमाल, उपसंयोजक भोमा लिम्बु, आईसीसी सदस्य गणेश केसी, निरज श्रेष्ठ, आईसीसी सल्लाहकार दिपक खड्का, ध्रुब सुवेदी, श्रीनापीत, एनाआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा नेपाली समुदायका अगुवाहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार, साउथ एशियन समुदायका लिडरहरुको समेत उपस्थिति रहेको थियो ।

 

 कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अध्यक्ष शेष घलेले, नेपाली समुदायमा फरक प्रकृतिको यस्तो कार्यक्रममा पहिलो पल्ट सहभागिता जनाउन पाएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाँले एउटै कार्यक्रमवाट, एकता, साहित्य, भाषा, मित्रता, सहिष्णुता, प्रतिभा, राष्ट्रियता, एकता, सम्मान र भोलिको लागि जिम्मेवार यूवाको खेजी गरेकोमा यूवा उपसंयोजक गिरीलाई धन्यवाद व्यक्त गर्दै सवैले यस्ता कार्यको खुलेर प्रशंसा गनु पर्ने कुरा बताउनु भएको थियो । सचिब रन्जु वाग्ले, प्रबक्ता मन केसी लगायत एनआरएनएका लिडरहरुले यूवाहरुका लागि नयाँ उर्जा थप्ने कार्य भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो । आयोजकका तर्फवाट धन्यवाद मन्तब्य राख्दै यूवा उपसंयोजक गिरीले एनआरएनएले यूवाको क्षेत्रमा कार्य गर्ने मैका प्रदान गरेकाले आफ्नो तर्फ वाट यूवा प्रतिभाहरुको सम्मान गर्दै उनिहरुलाई हौसला र प्रेरणा प्रदान गरी समाज र राष्ट्रलाई सत् मार्गमा डोर्‍याउन केही योगदान गरुन भनेर सानो प्रयाश गरेको कुरा बताउनु भयो । गिरीले कार्यक्रम अध्याधिक सफल र प्रशंसनिय भएकाले एनआरएनए यूथ फोरमका माध्यमवाट शंसार भर अनुसरण गर्न सकिने र त्यसका लागि कार्य थालिएको समेत जनाउनु भयो । कार्यक्रममा उपस्थित अतिथिहरुका लागि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो ।