News

  • Home
  • News
  • भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको पाचौं बैठकमा सहभागिता

भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको पाचौं बैठकमा सहभागिता



गैरआवासीय नेपाली संघका अध्यक्ष  कुमार पन्त भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको पाचौं बैठकमा  सहभागी हुनु भयो । माननीय मन्त्री योगेश भट्टराईज्यूको अध्यक्षत्मा बैठक संचालन भएको थियो । भ्रमण वर्ष २०२० लाई सफल पार्न भएका प्रयासहरु र मुख्य उपलब्धिहरु, आगामी दिनमा गर्नुपर्ने कार्यहरुका साथै नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भको लागि औपचारिक कार्यक्रमको बारेमा छलफल भएको थियो । त्यस अनुसार ३१ डिसेम्बरमा प्रारम्भिक कार्यक्रम र मूल कार्यक्रम १ जनवरीको दिन हुनेछ । गैरआवासीय नेपाली संघले सबै राष्ट्रिय समन्वय परिषद्हरुको सहयोगमा विभिन्न मुलकमा साईकल र कार Rally गर्ने र औपचारिक कार्यक्रमहरु संचालन गरि भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सहयोग पुर्याउने जानकारी अध्यक्ष कुमार पन्तले गर्नु भयो ।
यस बैठकमा संघका पूर्व अध्यक्ष तथा संरक्षक जिवा लामिछाने , सचिव गौरी राज जोशी र सचिवालयको  सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय।