News

  • Home
  • News
  • भेटघाट कार्यक्रमः

भेटघाट कार्यक्रमः



राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय श्री गणेश प्रसाद तिमिल्सिना संग भेटघाटः

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना संग भेटघाट गर्यो । उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए । सम्माननीय अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधि सभाले नै गर्छ भन्ने बताउनु भयो । साथै, उहाँले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी गराउनु भयो ।

यस कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका  अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

संविधान सभाका अध्यक्ष माननीय श्री सुवास चन्द्र नेम्वाङ संग भेटघाटः

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले संविधान सभाका अध्यक्ष माननीय सुवास चन्द्र नेम्वाङ  संग भेटघाट गर्यो । उक्त भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए । प्रतिनिधि मंडलका पदाधिकारीहरुले गैरआवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्था देखी यहाँ संलग्न रहनु भएको र अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैरआवासीय नेपालीको अधिकारलाई संबोधन गर्न यहाँको महत्वपूर्ण भूमिका रहने बताएका थिए । संविधान सभाका अध्यक्ष नेम्वाङले संविधानमा ब्यवस्ता भएको अधिकारलाई यस ऐनमा समेटिएको  र सबै दल  यसमा सहमत रहेको र छिटै पास गर्ने जानकारी दिनु भयो ।

यस कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

 

गृह सचिव टेक नारायण पाण्डे संग भेटघाटः

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले गृह सचिव टेक नारायण पाण्डे  संग भेटघाट गर्यो । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन सम्बन्धमा छलफल गरेका थिए ।

सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शिर्ष नेताहरुसंग छलफल गर्न सुझाव दिनु भयो ।

यस कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

 

गुठी संस्थानका अध्यक्ष र पशुपति विकास कोष क्षेत्रका सदस्य सचिव संग भेटघाटः

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी लगायतका पदाधिकारीले गुठी संस्थानका अध्यक्ष पुण्य प्रसाद भुसाल र पशुपति विकास कोष क्षेत्रका सदस्य सचिव डा मिलन थापा संग भेटगरी संघले पशुपति क्षेत्रमा निर्माण गर्न लागेको अत्याधुनिक बृद्धाश्रम बारे जानकारी दिदै उक्त भवनको लागि चाहिने जग्गा यथाशिघ्र उपलब्ध गराउनको लागि अनुरोध गर्यो । यसको प्रतिउत्तरमा उहाँहरुले १ हप्ता भित्र नै जग्गा उपलब्ध गराउने जानकारी दिनु भयो ।

यस कार्यक्रममा सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।