News

  • Home
  • News
  • भिजिट नेपाल २०२० अन्तर्क्रिया कार्यक्रममा सहभागीताः

भिजिट नेपाल २०२० अन्तर्क्रिया कार्यक्रममा सहभागीताः



गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीले आज भिजिट २०२० को कार्यालयमा आयोजना गरिएको Visit Nepal 2020 को अन्तर्क्रिया कार्यक्रममा सहभागीता जनाउनु भएको थियो । भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागि आयोजित गरिएको सो कार्यक्रममा संघका उपाध्यक्ष राजभण्डारीले गैरआवासीय नेपाली संघले विभिन्न मुलुकहरुमा नेपालको कला संस्कृतिलाई पहिचान गराउन नेपाल फेस्टिभलका साथै प्रबर्धन सम्बन्धी विविध कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउनु भएको थियो । उहाँका अनुसार संघले २०१९ लाई नेपाल भ्रमण वर्ष २०२० को तयारी वर्षका रुपमा मनाइरहेको छ । साथै उहाँले संघले निर्माण गरेको लाप्राक नमूना वस्तीलाई एक पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने बताउनु भयो । उहाँले नमूना वस्तीका रहेका समूदायहरुलाइ होम स्टेको तालिम दिनको लागि सरोकारवालाहरुसंग समन्वय भईरहेको पनि जानकारी गराउनु भयो । यसरी नै उहाँले पर्यटकहरुलाई आकर्षित गर्नको लागि सडक र हवाइ सुरक्षाका साथै नेपाललाई Shopping destination का रुपमा समेत विकास गर्न सकिने र यस तर्फ पनि ध्यान गए पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

 

 

यस कार्यक्रममा भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्यले आफ्नो प्रस्तुतिकरण गर्दै यसलाई भब्य रुपमा सफल गर्नको लागि सहभागीहरु समक्ष सुझावको लागि अनुरोध गर्नु भएको थियो । समारोहको सभापतित्व गर्नु भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले मंत्रालय र सरकारले पर्यटन प्रबर्द्धनका लागि गरेका कार्यहरुको जानकारी दिंदै सबैको सहयोगबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने धारणा राख्नु भयो । यस अन्तर्क्रिया कार्यक्रममा नेपाल सरकार, नेपालका लागि अवैतनिक महावाणिज्य दूत एवं पर्यटन क्षेत्रका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।