News

  • Home
  • News
  • भरतपुर महानगरपालिकालाई स्वास्थ्यसँग सम्बन्धित सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध

भरतपुर महानगरपालिकालाई स्वास्थ्यसँग सम्बन्धित सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध



गैरआवासीय नेपाली सङ्घका तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका / आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री रु सात लाख ३३ हजार बराबरका छन् ।
सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उहाँको भनाइ छ ।